नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 151 · वि.सं. २०१८

नि.नं. 151 — भैंसी चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नेपाल सरकार र भारत सरकारको बीचको सपुर्दगीको सन्धिपत्र अन्तर्गत चौपाया चोरी मुद्दा पर्ने – उसपारबाट लेखी नआएमा र यसै पारमा उजुर परेमा जाफताको २१ दफा र चोरी को २६ नं. ले कारबाई गर्नु पर्ने । १० साल माघ ५ गते संख्या २२ को गजेटमा प्रकाशित भएको नेपाल सरकार र भारत सरकारका बीचको सपुर्दगीको सन्धीपत्रमा लेखिएका व्यहोराले चौपाया चोरी मुद्दा सो सन्धीपत्रमा उल्लेख गरिएको अपराध भित्र पर्ने र उसपारबाट लेखी नआई यसै तर्फ उजुर पर्न आएको भए पनि जाफताको २१ दफा र चोरीको २६ नं. ले कारवाई गर्र्न हुने । निकासालाई जाहेर गरी रहन नपर्ने । (प्रकरण नं. १५) (२) कस्तो परिस्थितिको मुद्दामा अ. बं. १५२ नं. को २ दफाको देहायको १ दफा लगाउन नमिल्ने र सोही दफाको देहाय ३ दफा बमोजिम कारबाई गर्नु पर्ने : जागिरदारहरूले सो भैंसी फेला पारी ल्याएको समेत भए तापनि वारदात गरी रहेको मौकामा फेला पारी दसीसाथ पक्राउ गरेको नभई वादीको उजुर परेपछि निजकै लेखाई बमोजिम पालिराखेको ठाउँबाट फेला पारी ल्याएको हुँदा अ. बं. १५२ नं. को २ दफाको देहायको १ दफा लगाउन नमिल्ने भई सोही दफाको देहाय ३ दफा बमोजिम पोलिएको कसूर साबित ठहरे हुने । सजायको रूपैयाँ धरौट वा सो वापतको धन जमानी दिए लिई तारिखमा राख्ने र नदिए खाली थुनी पुर्पक्ष गर्नु पर्ने मुनासिब देखिन आएको हुँदा अ. बं. १५२ नं. को २ दफाको देहाय १ दफा लगाउन नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.151
मुद्दाको विषयभैंसी चोरी
निर्णय वर्ष / मिति2010/11/25
अदालत / इजलासएक न्यायाधीशको इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 151
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्