नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 147 · वि.सं. २०१८

नि.नं. 147 — जग्गा

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भएको फैसला कतैबाट दोहरिएको नदेखिएमा चित्त बुझाएकै भन्नु पर्ने । थैलि हाली जग्गा लिनेले कत्ति पनि जग्गा नपाउने भन्ने कुरा मनासिब भन्न नहुने । ले. लिलाबहादुरले मेरो ५२।। रोपनी जग्गा मा १२।। रोपनी जग्गा साँध मिचि खाए । जग्गा पुर्‍याई पाउँ भन्ने समेत राजमान समेत उपर गरेको मुद्दामा जग्गा मिचेको ठहर्दैन भन्ने समेत श्री कमाण्डर इन्चीफबाट २००७।८।१५।५ मा सदर गरी तोक फैसला भएको र सोही मितिमा यस मुद्दा तर्फ डि. चन्द्रकुमारीलाई ४।। रोपनी ले. लिलाबहादुरलाई ७।।///।।। १ जग्गा पाउने गरी श्री कमाण्डर इन्चीफबाट तोक फैसला भएकोमा लिलाबहादुरले आफूले चले उपरोक्त मुद्दामा मिचेको ठहर्दैन भन्ने तोक फैसला उपर सो मुद्दा कतैबाट दोहरिएको नदेखिएको र थैलि हाली जग्गा लिने चन्द्रकुमारीले कत्ति पनि जग्गा नपाउने गरी फुलबेञ्चबाट फैसला भएको देखिंदा उक्त ०७।८।१५।५ का श्री कमाण्डर इन्चीफबाट भएका तोक फैसला बमोजिम डि. चन्द्रकुमारीलाई ४ ।। रोपनी ले. लिलाबहादुरलाई ७।///।।।१ पाउने गरेको इन्साफ मुनसिब छ । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.147
मुद्दाको विषयजग्गा
निर्णय वर्ष / मिति2017/10/11
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०१८, नि.नं. 147
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्