नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 167 · वि.सं. २०१९
नि.नं. 167 — लेनदेन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अ.बं. १३६ नं. का ऐनबमोजिम रीतपूर्वक साक्षी राखी म्याद तामेल गर्नुपर्ने । म्याद पठाउँदा एकाघरसँगको दुइजना भए छुट्टा छुट्टै पठाउनु पर्ने । निज नरजंगका नाउँको म्याद हेरिएमा ले.क.कुम्भसिं गुरुङ १, निजको एकाघरसँगको नरजंग गुरुङ १ समेत २ जनाका नाउँको इतलायनामा भनी जारी भएको म्यादमा भतिजा नरजंग बिदेश गएको भन्ने जनाई ०११।१।३ मा ले.क. कुम्भसिंले म्याद बुझी लिएको देखिए पनि म्याद पठाउँदा छुट्टा छुट्टै पठाउनु पर्ने, सो पठाएको र सो म्याद तामेल हुँदा अ.बं. १३६ नं. का ऐन बमोजिम रीतपूर्वक साक्षी समेत राखी तामेल भएको देखिएन । (प्रकरण नं. ६) (२) म्याद तामेल गर्ने अर्दलीको सहीछाप हुनु पर्ने । सो म्याद पनि अ.बं. १३६ नं. का ऐनको रीतपूर्वक साक्षी राखी तामेल भएको र तामेल गर्ने अर्दलीको समेत सहीछाप परेको देखिएन । (प्रकरण नं. ७) (३) अ.बं. १३६ का ऐनको रीतपूर्वक तामेल नभएको म्याद, म्याद गुजारेको भनी गरेको फैसलालाई मान्यता दिन नमिल्ने । नरजंगका नाउँको म्याद अ.बं. १३६ नं. को ऐन बमोजिम रीतपूर्वक तामेल नभई बेरीतको तामेलीबाट म्याद गुजारेको भनी बिगो भराइ दिने गरी भएको फैसलालाई मान्यता दिन नमिलेकाले यस मुद्दामा शुरु पोखरा अदालतबाट १२।६।१८ मा अपील तेश्रा फाँटबाट ०१३।१०।५ मा र सर्वोच्च अदालत डिभिजन बेञ्चबाट ०१७।२।१९ मा भएको फैसला सदर हुँदैन बदर हुने ठहर्छ । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 167 |
|---|---|
| मुद्दाको विषय | लेनदेन |
| निर्णय वर्ष / मिति | 2019/03/05 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१९, नि.नं. 167 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
