नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 158 · वि.सं. २०१८
नि.नं. 158 — उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) निर्णय गर्ने अधिकारीले आफूले पाएको कानूनको अधिकार देखाउन पर्ने – निर्णय गर्दा सम्बन्धित पक्षलाई सूचना दिनु पर्ने – सो बिपरीत भएमा बेकानूनी ठहर्ने । बिजय बिंडी फ्याक्ट्री र गणपति बिंडी फ्याक्ट्री दुवैलाई फाइदा हुने देखि अघि पास भएको बिजय बिंडी फ्याक्ट्रीको लेबुल कायम राखी पछिल्लो गणपति बिंडी फ्याक्ट्रीलाई लेवुल बदल्न लगाउने निर्णय गरेको हो भन्ने लेखिएको । यो ऐन कानूनको अधिकार प्रयोग गरी त्यस्तो निर्णय भएको हो भन्ने कुरा लेखेको नदेखिएको । त्यस्तो रंग अक्षरहरूमा केही फरक गर्ने गरी विभिन्न ट्रेड मार्कको लेबुल पास गरेको । पेश भएका गौरी, गणेश बिंडी, बहादुर, बलवान, मोटर साइकल, साइकल, साबुन, समेतका लेबुलहरूबाट देखिएको । फेरि उक्त निर्णय गर्दा सम्बन्धित पक्षलाई सूचना दिई गरेको नदेखिनाले समेत ०१८।८।२९ मा श्री ५ को सरकार उद्योग वाणिज्य मन्त्रालय उद्योग विभागबाट निर्णय गरी गणपति बिंडी फ्याक्ट्रीको लेबुल बदल्न लगाउने गरी मो. वि. गो. मार्फत् दिएको आदेश बेकानूनी देखिनाले बदर हुने ठहर्छ । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 158 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको रीट जारी गरी पाउँ भन्ने |
| निर्णय वर्ष / मिति | 2018/11/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१८, नि.नं. 158 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
