नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 166 · वि.सं. २०१९
नि.नं. 166 — आयस्ता दिलाइ पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विधुवा अंशधनको १ नम्वरको १ र २ दफामा भिन्नता–कस्तो परिस्थितिलाई उपरोक्त दफाहरूले दर्शाएको ? विधवा अंशधनको १ नं. मा विधवा स्वास्नी मानिसले आफ्नो हक पुग्ने सम्पत्तिमा तपसीलमा लेखिए बमोजिम गर्न पाउँछ भन्ने र तपसीलको १ दफामा ४० वर्ष पुगेकोले आफ्ना वा सौतेनी छोरा र एकाउदरबाट जन्मेको जेठाज्यू र देवर छन् भने लोग्ने छँदैको हिसावसँग हेरविचार गरी राखेको भए छोराहरूको मन्जूरी नभए पनि आफ्नो हक पुग्नेमा ३ खण्डको १ खण्ड, ४० वर्ष नपुगेको भए ४ खण्डको १ खण्ड आफ्नो खुश गर्न पाउछे । मन्जूरी लिई गर्छे भने सबै गर्न पाउछे । लोग्ने छँदैका हिसावसँग हेरविचार गरी राखेको छ भने ४० वर्ष नपुगी भए चलमा सबै अचलमा ३ खण्डको १ खण्डसम्म हकवालाको मन्जूरी नभए पनि आफ्नो खुश गर्न पाउँछ भन्ने र २ दफामा ३ पुस्ताका हकवाला मात्र छन् आफ्नो वा सौतेनी पट्टीका छोराहरू पनि छैनन् भने त्यस्तो अवस्थालाई मात्र लिएर उल्लेख भएको देखियो । (प्रकरण नं. २७) (२) एकाउदरबाट जन्मेको जेठाज्यू, देवर भएमा विधवा स्वास्नी मनिसले विधवा अंशधनको १ दफा बमोजिम गर्नु पर्ने र सो को २ दफा लाग्न नसक्ने । २ दफा कस्तोमा लाग्ने ? वादी पक्षबाट बकसपत्र गरी दिने भनेका ईश्वरीकुमारीको आफ्नो छोरा र सौतेनी छोरा नभए पनि एकाउदरबाट जन्मेका जेठाज्यू र देवरहरू समेत भएको दुवै पक्षका लेखाईबाट देखिन आएकाले एकाउदरबाट जन्मेका जेठाज्यू देवरहरू भएको अवस्थामा त्यस्तो बिधुवा स्वास्नी मानिसले उक्त १ दफाबमोजिम गर्नु पर्ने प्रष्ट लेखिएको देखिन्छ । (प्रकरण नं. २८) आफ्ना र सौतेनी छोरा वा एकाउदरबाट जन्मेको जेठाज्यू र देवरहरू नभई अरू ३ पुस्ता भित्रको हकवाला मात्र भएको अवस्थालाई उक्त २ दफा लागू हुने देखिएको हुनाले यस मुद्दामा सो २ दफा लागु हुन्छ भन्न मुनासिव देखिएन । (प्रकरण नं. २९) (३) अचल सम्पत्ति लोग्नेको पालाको नभै जिज्यू बाजेको आर्जन देखिए विधवाले ६ खण्डको १ खण्ड आफु खुशी गर्न पाउने । अचल लोग्नेका पालाको भन्ने दाबी लिन नसकेको र जिज्यू बाजेको आर्जन भन्ने मिसिलमा उल्लेख भईरहेको हुनाले र बाजेका आर्जनको रहेछ भने माथी लेखिएका रीतसँग उठाउन पाउनेमा विधवा अंशधनको १ को ३ ले अचलका आधी उठाउन पाउँछ भन्ने लेखिएको हुँदा ईश्वरीकुमारीले ६ खण्डको १ खण्ड आफु खुशी गर्न पाउने ठहर्छ । (प्रकरण नं. ३१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 166 |
|---|---|
| मुद्दाको विषय | आयस्ता दिलाइ पाउँ |
| निर्णय वर्ष / मिति | 2019/02/30 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०१९, नि.नं. 166 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
