सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४२५ / ४४०

नि.नं. 368वि.सं. २०२४

जग्गा विगो

(१) खोलोले काटेको निस्सा प्रमाण देखाउन नसकेमा एकै आठा चाक्लाको जग्गा सालाना एउटैको काट्ने अरु एकै आना चाक्लाको वढ्ने भन्ने तथ्य यूक्त नदेखिने । त्यस्तो परिस्थितिमा आठा चाक्लावालाले मिचेकै ठहर्ने । वादिको जग्गा खोलाले खाइ नोक्सान गरेको भन्ने प्रतिवादीहरुको जिकि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 367वि.सं. २०२४पूर्ण इजलास

न्वारान गरी दिएन

(१) अं.व.१७७ नम्वर–लिखतको प्रमाण जुन सुकै तहमा पनि वुझ्न हुने । अ.ब.१७७ नं. ले लिखतको पक्का प्रमाण रहेछ र वुझिपाउं भन्यो भने जुन सुकै तहको अड्डाले पनि मुद्दा नछिनिएको भए वुझी दिनु पर्ने । (प्रकरण नं.१७) (२) एकै मानिस भिन्न नाम गरी मिसिलमा देखापरे र अदालतलाइ सत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 366वि.सं. २०२४संयुक्त इजलास

बन्दी प्रत्यक्षिकरणको आदेश जारी गरि पाउँ

(१) अधिकार प्राप्तको आदेशद्वारा पुर्पक्षको लागि ऐनले दिएको अख्तियारी बमोजिम थुनुवामा राखे भएकोमा बन्दी प्रत्यक्षिकरणको रिट लाग्न नसक्ने । नेपाल विशेष अदालत ऐन, २०१३ को दफा २ बमोजिम कुनै विशेष अदालत गठन भएमा उक्त ऐनको दफा ६ को १ को (ङ) ले सो ऐन बमोजिम सौंपिएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 365वि.सं. २०२४पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरि पाउँ ।

(१) भूमि सम्बन्धी नियमावलीमा हदवन्दी भन्दा घटि जग्गा हुने जग्गावालाको सम्बन्धमा अधिकारी र कार्यविधि नतोकिएको भूमि सम्बन्धी ऐन, २०२१ को दफा १४ (१) ले दफा १३ लाई अंगालेको । दफा १३ मा सबै जग्गावालाहरुको हकमा फांटवारी दाखेल गर्ने गराउने ब्यवस्था भएको– अधिकतम हद भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 364वि.सं. २०२४संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरि पाउँ

(१) निवेदन लेखाइमा भएको फैसला आदेश बदर गरि पाउँ भन्ने भएमा र मिसिल समेतबाट कुनै फैसला आदेश भए गरेको नदेखिए निवेदनबाट कारबाइ गर्नु नपर्ने । निबेदकको निबेदमा लेखिए अनुसार यस विषयमा कुनै फैसला भएको भु.सु विशेष अदालत बर्दियाको ०२३।४।३।२ को र ०२३।९।१३ को पत्रहरुबाट…

नजिर सार पढ्नुहोस् →
नि.नं. 363वि.सं. २०२४पूर्ण इजलास

अंश

(१) साविकको अंश बण्डाको ६१ नं.– लिखत र भोग नभएकोमा अघि बण्डा भइ बाँकी रहेकोमा जिउ जिउ सम्म मात्र उजुर लाग्ने । दाजु भाइको बण्डा भई बाँकी रहेकोमा दाजु सम्मको पालामा उजुर लाग्ने । दाजु परलोक भए पछिको उजुरी ऐनको म्याद नाघी भएको देखिने, खारेज हुने । तत्काल प्रचलित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 362वि.सं. २०२४पूर्ण इजलास

जग्गा दर्ता बदर

(१) बिन्तिपत्रमा व्यहोरा झुट्ठा लेखि चढायको भए, बकस भई आएको हुकूम प्रमांगीको फाइदा उठाउँन दिन नमिल्ने–मुद्दाको रुप अनुसार कानून लागू हुने । निवेदनपत्रमा जुन कुरा लेखि मुद्दा दोहरिने प्रमांगी भएको थियो त्यो कुरा झुट्ठा भए पछि निवेदकलाई त्यस निवेदनपत्रमा बक्स भए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 361वि.सं. २०२३संयुक्त इजलास

परमादेशको आदेश जारी गरी पाउँ

(१) युनिभरसिटि रेगुलेशनको परिच्छेद ८ को दफा ३९ सन् १९६५ देखि हुने एम.ए.द्वितीय खण्डको परीक्षामा भाइवा बोसी अनिवार्य विषयको हुने रेगुलेशनमा भएको कुरामा कर लगाइयो भन्न नमिल्ने । संशोधित रेगुलेशन प्रस्तावित भएको र सिडिकेटबाट २०२० साल भाद्र २० गते पारीत भएको रेगुल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 360वि.सं. २०२३संयुक्त इजलास

बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

१. ऐनले निर्देश गरेबमोजिम अधिकारवालाको आदेशले ऐनको म्यादसम्म थुन्न पाउने–त्यस्तो आदेशानुसार थुनुवामा रहेकोमा वन्दि प्रत्यक्षीकरणको रीट लाग्न नसक्ने । बढी समयसम्म हिरासतमा राख्न परे विशेष पुलिस अफिसरले यो ऐन अन्तर्गत तोकिएको वा गठित अदालतको न्यायाधीको अनुमती लि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 359वि.सं. २०२३पूर्ण इजलास

चोरी पैठारी

(१) लुकाई छिपाई चोरीबाट माल ल्याएको नदेखिए र दिनको समयमा नै रेल्वेबाट माल ल्याएको देखिएमा र बजार अड्डा खोलेको दिनैमा लाग्ने महशुल तिरे बुझाएको देखिए चोरी पैठारी गरेको भन्न नमिल्ने । चोरी पैठारीको नियतले अबाटो समेतबाट लुकाई छिपाई ल्याएको भन्ने कसैको भनाइ नभई दि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 358वि.सं. २०२३पूर्ण इजलास

घुस खाने खुवाउने गरी झुट्टा बके जालसाज गरे भन्ने

(१) घुस खायो र कर्जा खाने मानिस हो भन्ने कुराको सबुद सो खायो, त्यस्तो मानिस हो भन्नेले पुराउनु पर्ने । कृष्णबहादुर समेतले घुस लिएको र उमाकान्तले इन्द्रनारायणको दाजु बाबुसँग कर्जा खाएको समेत सबुद पुर्‍याउन नसकेकी र उमाकान्त आफू वादी खडा भई करणी गर्भ टाउकेको हो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 357वि.सं. २०२३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) उखडासम्बन्धी ऐन, २०२१ को दफा ८ (२) ले उखडा ट्राइवुनलको निर्णय अन्तिम नहुने–ट्राईबुनलको निर्णय उपर अपील लाग्ने । उक्त दफामा अन्तिम किनारा लगाउने भन्ने वाक्यांशले ट्राइवुनलको निर्णय अन्तिम हुने र त्यस उपर कुनै अपील नलाग्ने भन्ने कुरालाई जनाउछ कि भन्ने तर्क ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 356वि.सं. २०२३संयुक्त इजलास

बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने

(१) निजामती सेवा नियमावली, २०१३ को १ को २ (च) कायम मुकायम भन्नाले अर्को कर्मचारीको पदाधिकार भएको पदमा काम गर्ने कर्मचारीलाई जनाउने । अधिकारवालाको कायम मुकायम भई दिएको आदेश अधिकारयुक्त अधिकारीले दिएको भन्नु पर्ने । का.मु.मेजिष्ट्रेटले दिएको का.मु.मजिष्ट्रेटलाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 355वि.सं. २०२३पूर्ण इजलास

गौबध

(१) साविकको मुलुकी ऐनको चौपायाको १ नम्वर–मारौं भनी मतलव गरी गाई गोरु बाछा बाछी मारे मार्न लगाए बात लाग्ने । मारौं भन्ने मतलव नलिई चौपायाको धनीसँगको रिसइवी साधन गर्ने मनसायसम्म पनि नदेखिए र हानेको घाउ चोटबाट गोरु मर्न गएमा चौपायाको ६।१३ नम्वरबमोजिम सजाय गर्न नम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 354वि.सं. २०२३पूर्ण इजलास

डाका खुन

(१) कस्तो तर्क, कुरा असामयीक र अव्यवहरिक हुने ? तत्कालीन प्रधान न्यायाधीश समक्ष अघि पेश हुँदा पनि प्रस्तुत मुद्दाको कारवाहीमै कैयौ व्यक्तिले सफाइ र सजाय समेत पाइसकेका हकमा मुल्तवी समेत रहने भएको यस्तो सरकारवादी हुने खुन डाका मुद्दा कसरी किन कारवाही भयो ? भन्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 353वि.सं. २०२३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) नेपाल विशेष अदालत ऐन, २०२३ को अधिकार प्रयोग गर्ने ट्राईव्युनलले किनारा गरे उपर अपील नलाग्ने भन्न नमिल्ने । उखडा ऐन, २०२१ को दफा ७ मा उल्लेख अन्तिम किनारा भन्ने वाक्याशंले अपील नपरेसम्म जुनसुकै तहको अदालतले गरेको फैसला वा आदेश अन्तिम नै हुने भन्ने न्याय प्र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 352वि.सं. २०२३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) मोही निष्कासन वा मोहिबाट कुत भराई माग्ने विषयको उजुरी हेर्ने विषयको सूचना उल्लेख भएकोमा बाली मुद्दाको मिसिलको किनारा गर्न नमिल्ने, अधिकार बेगर गरे छिनेको फैसला बदर हुने । प्राप्त जवाफमा यो ऐन अन्तर्गत अधिकार प्राप्त भई बाली मुद्दा किनारा गरेको हो भनी उल्ले…

नजिर सार पढ्नुहोस् →
नि.नं. 351वि.सं. २०२३पूर्ण इजलास

घरबाट उठाई पाउँ

(१) फैसलाबाट मात्र हक प्रदान गरेको नभई दान दातव्यको ४ नं.र अपुतालीको २ नं.बमोजिम अधिकार भएकोमा र जुन–जुन अवस्थामा जे जसले जस्तो अन्याय गर्छ, सो हटाउन नालेस दिनु अघि पछि फिराद परेको भनी र एक मुद्दाको रूप विचारगरी अर्को मुद्दा उठाएको भन्न नमिल्ने । एक मुद्दाको र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 350वि.सं. २०२३पूर्ण इजलास

गुठी

(१) राजगुठी बाहेकको अन्य गुठी श्री ५ स.अ.गुठी जाँच अड्डामा दर्ता हुन नसक्ने १९५० मार्ग ८ को सदनमा राजगुठी रहेको भन्ने समेत जनिएको र निवेदकले राजगुठी होइन भन्ने सबुद गुजार्न नसके राजगुठी नै देखिने । राजगुठी नभई यस अड्डामा दर्ता हुनै नआउने भन्ने श्री ५ स.त.गुठी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 349वि.सं. २०२३पूर्ण इजलास

थैली बुझाई जग्गा थामी पाउँ

(१) न्यायापालिकातर्फ प्रधानमन्त्रिज्यूको सिधा आदेशले कार्यवाही गर्न नमिल्ने, आवश्यक परेमा सर्वोच्च अदालत मार्फत आउन पर्ने, ऐन कानूनबमोजिम भन्नाले भईरहेको प्रचलनमा रहेको ऐन कानूनबमोजिम नै गर्नुपर्ने, अदालतको रिपोर्टमा आफ्नो अधिकार प्रयोग गरी ठाडै बुझिएको भन्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 348वि.सं. २०२३संयुक्त इजलास

मोटर चोरी

(१) चोरीको १ नं.६ को भाषामा ‘ल्यायो’ भन्ने पदले कुनै ठाउँबाट उठाइनुलाई लग्यो भन्ने अर्थ हुने–लग्यो भन्ने उजुर नभई ल्याएको भन्ने भएको कसुरलाई चोरीको कसुरसँग राख्न नमिल्ने । यो चोरीको माल जानि जानि राखेको कसुरलाई चोरीको अपराधसँग भिन्न देखाउने चोरीको १ नं.६ चोरीक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 347वि.सं. २०२३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) अधिकार बिना गरेको काम निर्णय उत्प्रेषणको आदेशद्वारा बदर गरिने । भूमिसम्बन्धी ऐनको दफा १४ ले अदालतलाई किसानलाई निष्कासन गर्ने अधिकार प्रदान गरेको । ऐजन ऐनको दफा १८ बमोजिम गठित इजलासबाट किसानलाई निष्कासन गर्न नमिल्ने । निष्कासन गरेको आदेश बदर हुने । भूमिसम्ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 346वि.सं. २०२३संयुक्त इजलास

परमादेशको आदेश जारी गरी पाउँ

(१) हातहतियार खरखजान ऐन, २०१९ को दफा १० (१) र (२)–दफा १० (१) बमोजिम तोकिएको दस्तुर र ढाँचामा दर्खास्त दिनु पर्ने । दफा १० (२) अन्तर्गत अधिकारीले जाँच बुझ गरी मनासिव ठहराए लाईसेन्स दिन सक्ने । दरखास्त पर्ना साथै लाइसेन्स दिनै पर्छ भनी उक्त ऐन दफाले अधिकारीलाई ब…

नजिर सार पढ्नुहोस् →
नि.नं. 345वि.सं. २०२३संयुक्त इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) उखडासम्बन्धी ऐनको दफा ६ मा सजायको व्यवस्था भई उक्त दफाले दफा ५ बमोजिम झुठ्ठा विवरण वा जालसाजी सबुद प्रमाण पेश गरेमा पनि सजायको व्यवस्था गरेको हुँदा उखडासम्बन्धी मुद्दा कारवाही हुँदा उठेको कीर्ते जालसाजी मुद्दा हेर्न मिल्ने नै । उखडा ट्राईब्युनलले यस्तो कीर…

नजिर सार पढ्नुहोस् →