नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 351 · वि.सं. २०२३
नि.नं. 351 — घरबाट उठाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) फैसलाबाट मात्र हक प्रदान गरेको नभई दान दातव्यको ४ नं.र अपुतालीको २ नं.बमोजिम अधिकार भएकोमा र जुन–जुन अवस्थामा जे जसले जस्तो अन्याय गर्छ, सो हटाउन नालेस दिनु अघि पछि फिराद परेको भनी र एक मुद्दाको रूप विचारगरी अर्को मुद्दा उठाएको भन्न नमिल्ने । एक मुद्दाको रूप विचार गरी अर्को मुद्दा उठाएको भन्ने प्रश्न उठाउन हुँदैन । आफू बेहकमा लिए बसेको घर समेतका सम्पत्तिहरू तत्कालैमा प्रतिवादीले छोड्नु पर्ने थियो, नछाडेको कुरा नै विवादको तथ्य हो । हक कायम हुने वादी उपर प्रतिवादीहरूले जुन–जुन अवस्थामा जे–जे मा अन्याय गर्छन, सो कुरा हटाउन निमित्त वादीले नालेस गर्न आएको देखिन्छ । वादीका आमाको शेष पछि ऐनले वादीको हक हुन्छ । सोहि कुरा फैसलाले कायम राखेको हो । कुनै अधिकार जुन–जुन श्रोतबाट हस्तान्तरण भएको हो, ती अधिकार पाएको हो होइन ? अदालतबाट प्रमाणित भएको देखिन्छ । अदालतबाट फैसला गरेर मात्र वादीलाई हक प्रदान गरेको हो । आमाको शेषपछि तत्कालिन दान दातव्यको ४ नं.र अपुतालीको २ नं.ले वादीको अधिकार भएको हो । त्यसको हक पाउने गरी पहिले डिभिजन बेञ्चबाट फैसला भएको हुनाले सो फैसला गर्दा अघि वा पछि फिराद परेकोमा केहि अन्तर हुदैन । (प्रकरण नं. १४) (२) मिसिल सामेल रहेको ०१९।८।१७।१ को नक्सा मुचुल्कामा वादीले दावी गरेको मध्ये आधी दक्षिणतर्फको भागमा आधा केशवप्रसाद बसेको घर भनी र आधा उत्तरतर्फकोमा हाल झगडा परेको घर भनी जनिएको हुनाले नन्दकुमारीको अपुतालीमा आधा र पेवामा जम्मै पाउने वादीको हक कायम हुन्छ । आफूले पाउने चिज खुलाई नालेस गर्नु भनी वादीलाई सुनाइ दिने भन्ने समेत माथि उल्लेख गरिएको ०१९।२।१९ को डिभिजन बेञ्चको फैसला हुँदा पहिलेको यो उजुर भए पनि फैसला प्रतिकूल पर्ने केहि नदेखिने समेत हुँदा र प्रेमकुमारीले केशवप्रसादलाई गरी दिएको माथि उल्लेख गरिएको ०५।९।१४।३ को लिखतमा सुव्बा देवीध्वज स्वयं साक्षी बसेको देखिएबाट माथि लेखिएबमोजिम जग्गा मेरो हकको भन्ने समेत क.प.उत्तमबहादुरको घर जग्गा देवी ध्वजका हकको भई हामीले भोग चलन गरी आएका छौं भन्ने समेत यज्ञबहादुरको जिकीर पुग्न नसक्ने र प्र.पूर्ण मगरले पनि इन्कारै गर्न नसकेको समेत हुनाले वादीहरूले उठी छाडी दिनु पर्नेमा वादी दावीबमोजिम उठी खाली गरी नदिएकै ठहर्छ । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 351 |
|---|---|
| मुद्दाको विषय | घरबाट उठाई पाउँ |
| निर्णय वर्ष / मिति | 2023/06/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 351 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
