नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 354 · वि.सं. २०२३
नि.नं. 354 — डाका खुन
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कस्तो तर्क, कुरा असामयीक र अव्यवहरिक हुने ? तत्कालीन प्रधान न्यायाधीश समक्ष अघि पेश हुँदा पनि प्रस्तुत मुद्दाको कारवाहीमै कैयौ व्यक्तिले सफाइ र सजाय समेत पाइसकेका हकमा मुल्तवी समेत रहने भएको यस्तो सरकारवादी हुने खुन डाका मुद्दा कसरी किन कारवाही भयो ? भन्ने कुराको १३।१४ बर्ष पछि अहिले प्रश्न उठाई तत्कालीन अमिनी समेत बसी कारवाही गरेको यो मुद्दाको कारवाही बदर गर्न असामयीक र अव्यवहारिक हुन जाने देखिन्छ । (प्रकरण नं. ४३) (२) इच्छा विरुद्ध बयान गराए भन्ने जिकीर भएमा सो को सबुद गुजार्न सक्नु पर्ने । मौका वारदातमा चिनेको भन्ने समेत भई साविती बयान भएमा इच्छा विरुद्ध भएको बयान भन्न नमिल्ने । स्वयं सावित भई बयान गरेको देखिएको सो बयान कुटी पिटी मेरो इच्छा विरुद्ध गराएका हुन भन्ने जिकीर छ । तापनि सो कुरा कायम गराउन सकेको सबुद नदेखिएको र डाकाको वारदात मौकैमा निजलाई चिनेको भनी माल धनी नकछेदिको स्वास्नीले चिनें भनी निजले भन्थी भनी साविती गोहल चौधरी समेत ७ जनाले भनेको समेत देखिएबाट निज डम्वरबहादुरको साविती बयान निजको इच्छा अनुकुल साँचो व्यहोराको रहेछ भन्ने सिद्ध हुन आएकोले निज डम्बरले उक्त डाका वारदात गरेको होइन भन्न मिलेन । (प्रकरण नं. ४४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 354 |
|---|---|
| मुद्दाको विषय | डाका खुन |
| निर्णय वर्ष / मिति | 2022/11/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 354 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
