नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 368 · वि.सं. २०२४

नि.नं. 368 — जग्गा विगो

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) खोलोले काटेको निस्सा प्रमाण देखाउन नसकेमा एकै आठा चाक्लाको जग्गा सालाना एउटैको काट्ने अरु एकै आना चाक्लाको वढ्ने भन्ने तथ्य यूक्त नदेखिने । त्यस्तो परिस्थितिमा आठा चाक्लावालाले मिचेकै ठहर्ने । वादिको जग्गा खोलाले खाइ नोक्सान गरेको भन्ने प्रतिवादीहरुको जिकिर भएकोमा वादि प्रतिवादि दुवै दर्ताको जग्गाको पूर्व किल्ला काहुँ खोला देखिएको । जिल्ला अदालत पोखराबाट ०१७।१२।२८।२ मा भएको नक्सा मुचुल्काबाट पनि सो जग्गाको पुर्व छेउबाट काहुँ खोलो बगेको देखिएको । सो खोलाले यहां यसरी यति जग्गा नोक्सान पारेको भन्ने केहि नजनिएको र त्यस कुराको सबुद प्रमाण पनि पेश दाखिल हुन नआएको । सालिन्दा सो खोलाले मिच्दै नोक्शान पार्दै गरेको भए एकै आठा चक्लाको प्रतिवादिहरुको जग्गा बढि हुन जानु र वादिको मात्र नोक्सान हुन नपर्ने हुनाले प्रतिवादिहरुले वादिको बखल ढुंगी बगर खेत मिचेको समेत ठहराइ बादिले आफ्नो दर्ता बमोजिमको जग्गा खान पाउँने गरि शुरु र तत्कालीन जिल्ला अदालत पोखराले गरेको इन्साफ सदर गरि ०१९।४।२४।४ मा डिभिजन बेन्चबाट भएको इन्साफ मुनासिव ठहर्छ । (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.368
मुद्दाको विषयजग्गा विगो
निर्णय वर्ष / मिति2023/09/03
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 368
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्