नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 361 · वि.सं. २०२३

नि.नं. 361 — परमादेशको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) युनिभरसिटि रेगुलेशनको परिच्छेद ८ को दफा ३९ सन् १९६५ देखि हुने एम.ए.द्वितीय खण्डको परीक्षामा भाइवा बोसी अनिवार्य विषयको हुने रेगुलेशनमा भएको कुरामा कर लगाइयो भन्न नमिल्ने । संशोधित रेगुलेशन प्रस्तावित भएको र सिडिकेटबाट २०२० साल भाद्र २० गते पारीत भएको रेगुलेशनको परिच्छेद ८ को दफा ३९ मा सन् १९६५ देखि शुरु हुने एम.ए.द्वितिय खण्डको परिक्षलाई भाइवा बोसी जाँच अनिवार्य हुने भन्ने प्रष्ट रूपमा उल्लेख भएको देखिएकोले अनिवार्य नभएको विषय भाइवा बोसीमा जाँच दिन कर लगाइयो भन्ने कुरा मिलेको देखिएन । (प्रकरण नं. ६) (२) प्रमाणको कागजातबाट पूर्वप्रकाशित देखिएमा र परीक्षार्थी स्वयं उक्त परीक्षामा सम्मिलित देखिएमा पूर्व सूचना नभएको भन्न नमिल्ने । पारीत भई भाइवा बोसी विषय राखिएको र सोबमोजिम गराउनको लागि सम्बन्धित कलेजहरूलाई २०२०।५।२४ गतेमा परिपत्र भएको र उक्त परिपत्रको आधारमा युनिभर्सिटि कलेजका प्रिन्सिपल सूर्यबहादुर शाक्यले ०२०।५।२७ गतेमा नोटिस वोर्डमा सो कुरा प्रकाशित गरेको मिसिल सामेल रहेको कागजहरूबाट देखिएको र निवेदकले स्वयं उक्त भाइवा बोसी परीक्षामा जाँच दिएको देखिएकोले निजले सो कुराको सूचना प्राप्त गरेको थिएन भन्ने निजको जिकीर पनि पुग्ने देखिएन । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.361
मुद्दाको विषयपरमादेशको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2023/11/28
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 361
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्