नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 358 · वि.सं. २०२३
नि.नं. 358 — घुस खाने खुवाउने गरी झुट्टा बके जालसाज गरे भन्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) घुस खायो र कर्जा खाने मानिस हो भन्ने कुराको सबुद सो खायो, त्यस्तो मानिस हो भन्नेले पुराउनु पर्ने । कृष्णबहादुर समेतले घुस लिएको र उमाकान्तले इन्द्रनारायणको दाजु बाबुसँग कर्जा खाएको समेत सबुद पुर्याउन नसकेकी र उमाकान्त आफू वादी खडा भई करणी गर्भ टाउकेको हो भन्ने पोल उजुर गरेको नभई देवीमायाको करणी गर्भ टाउकेको हो भनी बकपत्र गरेकोलाई झुट्टा पोल गरेको भन्न पनि नमिल्ने । (प्रकरण नं. ११) (२) अरुको सिक्लौटमा लागी रूपैया समेतको प्रलोभनमा परि नगरे नभएको कुरा गरे भएको भनेमा जालसाज गरेको ठहर्ने तिमीलाई केहि हुँदैन भनी कृष्ण दास श्रेष्ठले कागज गरी दिएको हुनाले म केही नजान्ने लाटो सुधो मानिस भई अड्डामा गई नमालुम के के कागजमा हो सहीछाप गरी दिएको हुदे वीमायालाई मैले करणी गरेको छैन भन्ने समेत १९।२।८।२ को दर्खास्तसाथ कृष्णदासले गरी दिएको भन्ने १०।९।२।४ रर्नी को घर छोप्राक मा बराबर महिनाको कागज पेश गरेको त्यसमा देवीमायाको गर्भ जातकको नुवारान गर्न निज टाउके भन्ने भीम नारायणले प्रतिवादी जोडी पेरवी गर्ने र प्रतिवादी जोडने काम गरी सकेपछि कृष्णदासले पद्म नायायनबाट निज टाउके भन्ने भीम नारायणले रु.३०० दिलाई दिन समेत शर्त लेखिएको सो कागज पद्मनारायणको सल्लाह समेतबाट कृष्णदासले गरी दिएकै र देवी मायाको गर्भ जातक गोविन्द भन्ने इन्द्रनारायण समेत ठहरी न्वारान गराई पाउँ भन्ने मुद्दापटि आजै यस बेञ्चबाट फैसला भएकोले आफूले वादी देवी मायाको करणी नगरेको कुरामा पद्मनारायण इन्द्रनारायणको जाल खामसमा लागी न्वारान गराई पाउँ भन्ने मुद्दामा म्यादमा हजारै नभई गुजारेको र उक्त कागजमा लेखिएको शर्तबमोजिम रु.३० आफूले पाउने लालचाबाट देवीमायाको करणी मैले गरेको भनी प्रस्तुत मुद्दामा प्रतिवादी दिएको समेत प्रष्ट हुन आएको हुँदा यस स्थितिमा निज टाउके भन्ने भिम नारायणले देवीमायाको करणी गरेको रहेछ भन्न समेत मिलेन । तसर्थ, उक्त कारणहरुबाट देवीमायाका गर्भजातक टाउके भन्ने भिमनारायणको नठहराएको समेत अपील दोश्राको अ.ख.दोयराजको राय पर्चा मनासिव र निज टाउके भन्ने भिमनारायण प्रतिवादी इन्द्रनारायण र पद्मनारायण समेतको जालखाम समालागी देवीमायाको करणी मैले गरेको भनी झुट्टा प्रतिवादी दिएको समेत ठहर्छ । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 358 |
|---|---|
| मुद्दाको विषय | घुस खाने खुवाउने गरी झुट्टा बके जालसाज गरे भन्ने |
| निर्णय वर्ष / मिति | 2023/10/28 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 358 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
