नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 350 · वि.सं. २०२३

नि.नं. 350 — गुठी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) राजगुठी बाहेकको अन्य गुठी श्री ५ स.अ.गुठी जाँच अड्डामा दर्ता हुन नसक्ने १९५० मार्ग ८ को सदनमा राजगुठी रहेको भन्ने समेत जनिएको र निवेदकले राजगुठी होइन भन्ने सबुद गुजार्न नसके राजगुठी नै देखिने । राजगुठी नभई यस अड्डामा दर्ता हुनै नआउने भन्ने श्री ५ स.त.गुठी लगत जाँच अड्डाले ०१३।९।१५ मा जवाफ दिएको समेत देखिन्छ । निवेदक वादीले नै मुख्य आधार लिएको १९५० साल मिति मार्ग वदी ८ रोज ६ के सनद भए पनि हाल बुझ्दा बिर्ता नठहरी राजगुठी कचहरीमा लगत राख्नु भन्ने बोली लेखिएको समेत पाइयो । निवेदक वादी तर्फबाट हाल बहस समेतमा राजगुठी होइन भन्नेतर्फ कुनै तथ्य जिकीर लिन र त्यस कुराको सबुद प्रमाण देखाउन समेत सक्नु भएन । तसर्थ, उपरोक्त कारणहरूबाट उक्त नन्दीकेश्वर गुठीराजगुठी नै रहेछ भन्ने सिद्ध हुन्छ । (प्रकरण नं. १०) (२) सरकारको निर्णयले गुठीतर्फ आधा नगदी र आधा जिन्सी लिने भएकोमा छुट गुठी भनी दर्ता भएको नाताले सम्पूर्ण जिन्सीले नै लिन पाउने । सबुद देखाउन नसके सरकारको निर्णयबमोजिम नै लिनु पर्ने । छुट गुठी भनी दर्ता भएको नाताले सबै जिन्सी नै लिन पाउनु पर्ने भन्ने निवेदक वादीको वारेसले बहसमा मुख्य जिकीर लिएकोमा त्यस्तो छुट गुठीमा सबै जिन्सी नै लिन पाउने सबुद प्रमाण कुनै पनि देखाउन सक्नु भएन । अतः आधी जिन्सी आधी नगदी लिने सरकारले व्यवस्था गरी सकेको कुरामा सबै जिन्सी नै लिन पाउनु पर्ने भन्ने निवेदक वादीको दावी जिकीर मनासिव देखिंदैन । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.350
मुद्दाको विषयगुठी
निर्णय वर्ष / मिति2022/07/06
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 350
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्