नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 352 · वि.सं. २०२३

नि.नं. 352 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोही निष्कासन वा मोहिबाट कुत भराई माग्ने विषयको उजुरी हेर्ने विषयको सूचना उल्लेख भएकोमा बाली मुद्दाको मिसिलको किनारा गर्न नमिल्ने, अधिकार बेगर गरे छिनेको फैसला बदर हुने । प्राप्त जवाफमा यो ऐन अन्तर्गत अधिकार प्राप्त भई बाली मुद्दा किनारा गरेको हो भनी उल्लेख गर्न नसकी ०२१ सालको बाली पाउँ भन्ने पिताम्बरको जि.अ.मा ०२२।२।१७ मा फिराद दायर हुनु भन्दा अगावै ०२२।२।४ मा पिताम्बर उपर मोहिया हक खिचोला गर्‍यो भन्ने नरबहादुरको यस भु.सु.वि.अ.मा उजुरी बयानमा झिकाइएका पिताम्बरले गरेको बयानमा मैले दिएको बाली मुद्दाको मिसिल झिकी बुझी पाउँ भनेको र नरबहादुरले पनि माग गरेकाले एकै जग्गाको खिचोला र बाली मुद्दा हुँदा झिकाई एकै साथ किनारा गरेको हो । नरबहादुरको खिचोला मुद्दा नपरेको भए झिकाउने थिएन भन्ने जवाफ लेखेको पाइयो । प्राप्त जवाफ र कानूनको विचारबाट अधिकार बेगर यो मुद्दा छिनिएको देखिएकाले यो आदेशद्वारा उक्त फैसला बदर गरिएको छ । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.352
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2023/02/10
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 352
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्