नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 364 · वि.सं. २०२४

नि.नं. 364 — उत्प्रेषणको आदेश जारी गरि पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदन लेखाइमा भएको फैसला आदेश बदर गरि पाउँ भन्ने भएमा र मिसिल समेतबाट कुनै फैसला आदेश भए गरेको नदेखिए निवेदनबाट कारबाइ गर्नु नपर्ने । निबेदकको निबेदमा लेखिए अनुसार यस विषयमा कुनै फैसला भएको भु.सु विशेष अदालत बर्दियाको ०२३।४।३।२ को र ०२३।९।१३ को पत्रहरुबाट देखिन नआइ वा.समेतको कनैयालाल चौधरी र लालबहादुर चौधरी समेतको उजुरी निवेदन हुलाकद्वारा यस अदालतमा आइ ०२२।५।३१ गते दर्ता भएको यसै विषय ०२२।२।२२ गतेमा नै बुद्धिमान श्रेष्ठ समेत प्रतिवादिहरु उपर लालबहादुर चौधरी समेतको उजुरी जि.भ.सु.अफिस बर्दियामा परी कारबाइ भईरहेको कुरा जि.भु.सु.अफिस बर्दियाको च.नं.२१०१ मिति ०२३।१।१४ को पत्र समेतबाट अवगत हुन आइ अ.वं. ८९ नं. बमोजिम अघि जि.भु.सु.अ.मा परी रहेको उजुरीबाटै कारवाई गर्नु पर्ने देखिंदा यस अदालतमा परेको उक्त उजुरी वातिल भई तामेलीमा रहेको देखिन्छ भन्ने लेखाइ देखिन आएकोबाट निवेदकको लेख बमोजिम भु.विशेष अदालत वर्दियाले कुनै फैसला गरेको नदेखिनाले निवेदकको निवेदनबाट केही कारवाइ गर्नु नपर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.364
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरि पाउँ
निर्णय वर्ष / मिति2023/12/29
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 364
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्