नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 345 · वि.सं. २०२३

नि.नं. 345 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) उखडासम्बन्धी ऐनको दफा ६ मा सजायको व्यवस्था भई उक्त दफाले दफा ५ बमोजिम झुठ्ठा विवरण वा जालसाजी सबुद प्रमाण पेश गरेमा पनि सजायको व्यवस्था गरेको हुँदा उखडासम्बन्धी मुद्दा कारवाही हुँदा उठेको कीर्ते जालसाजी मुद्दा हेर्न मिल्ने नै । उखडा ट्राईब्युनलले यस्तो कीर्ते जालसाजी मुद्दाहरू समेत हेरी छिनेको अनाधिकार भन्ने तर्कतर्फ विचार गर्दा, उखडा जग्गा जोतेको भन्ने दावी भएकोमा कीर्ते जालसाजीको समेत तहकिकात गर्नपर्ने हुन आएमा उसै उखडासम्बन्धी मुद्दाबाट कारवाई गर्न नहुने कुनै कानूनी अडचन भएको नदेखिने मात्र होइन । उखडासम्बन्धी ऐनको दफा ६ मा सजायको व्यवस्था गर्दा दफा ५ बमोजिम विवरण पत्र पेश गर्दा कुनै पक्षले अर्को पक्षको हकमा मर्का पर्ने गरी जानी जानी झुठ्ठा विवरण वा जालि सबुद प्रमाण पेश गरेमा निजलाई रु.१००० सम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुबै सजाय हुन सक्नेछ भन्ने शब्द परेकाबाट पनि त्यस्तो उखडासम्बन्धी मुद्दाबाट उठेको कीर्ते जालसाजी मुद्दा हेर्न तहकिकात गर्न मिल्ने देखिंदैन । (प्रकरण नं. १०) (२) उखडासम्बन्धी ऐनको दफा ८ (२) ले दफा ६ (१) र (२) लाई मात्र उल्लेख गर्ने । दफा ८ (२) मा दफा ६ (१) र (२) बमोजिमको आदेशलाई उल्लेख भएको ऐनको दफा ५ (४) मा उपदफा २ बमोजिम प्रकाशित सूचनामा चित्त नबुझे अधिकारी समक्ष उजुर गर्नु भन्ने भई अधिकारीले सम्बन्धित मिसिल ऐनको दफा ७ बमोजिम गठित ट्राईब्युनलमा पठाउने दफा ६ को कुरामा दफा ८ (२) मा अपीलको व्यवस्था दफा ९ बमोजिम ट्राईब्युनलले सरेपछि ट्राईवुनलले नेपाल विशेष अदालत ऐन, २०१३ बमोजिम कार्य प्रणाली अपनाउनु पर्ने दफा ११ मा ऐनमा लेखिएमा ऐनबमोजिम अरुमा प्रचलित कानूनबमोजिम हुने भएबाट ऐनको दफा ९ बमोजिम सरेका मुद्दामा नेपाल विशेष अदालत ऐनबमोजिम अपील दिन पाउने । उखडा ट्राईब्युनलले छिने उपर अपीलको व्यवस्था उखडासम्बन्धी ऐनको दफा ८ को उपदफा (२) मा पाइन्छ जुन उपदफा (२) ले प्रष्ट शब्दमा उखडासम्बन्धी ऐनको दफा ६ को उपदफा (१) र (२) लाई मात्र उल्लेख गर्दछ । उक्त दफा ८ को उपदफा (२) मा यो ऐन अन्र्तगत ट्राईब्युनल भएको आदेशमा रु.१००००।–भन्दा बढी बिगो भएको मुद्दामा ट्राईब्युनलले गरेको फैसला वा निर्णय उपर स.अ.मा अपील लाग्नेछ भन्ने वाक्याशं नभई किटान गरी दफा ६ को उपदफा १ र (२) बमोजिमको आदेशलाई मात्र उल्लेख गर्दछ उपदफा (१) मा ट्राईब्युनलको नाम उल्लेख भएको पाइन्न दफा ६ ले दफा ५ लाई उल्लेख गर्दछ र दफा ५ को उपदफा (४) मा उपदफा (२) बमोजिम प्रकाशित भएका सूचनाको कुनै व्यहोरामा चित्त नबुझ्ने व्यक्तिले सो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आफूँग जो भएको सबुद प्रमाण समेत सामेल राखी तोकिएको अधिकारीका समक्ष उजुर गर्न सक्नेछ र कुनै जग्गा सम्बन्धमा हक बेहकसम्बन्धी खिचोला उठेमा सो अधिकारीले यस उपदफा (१) बमोजिम प्राप्त भएको प्रमाण को साथै सोसम्बन्धी मिसिल कागजात ईन्साफका निमित्त दफा ७ बमोजिम श्री ५ को सरकारद्वारा गठित ट्राईब्युनलमा पठाई दिनु पर्छ भन्ने उल्लेख भएको देखिन्छ यसरी दफा ५ बमोजिम विवरण आदि पेश गर्दा गराउँदा केही झुट्टा विवरण वा जाली सबुद प्रमाण पेश भए गरे वापत सजाय हुने कुराको व्यवस्था दफा ६ मा छ र सोहि कुरालाई लिई दफा ८ को उपदफा (२) मा अपीलको व्यवस्था गरेको देखिएको छ । दफा ९ बमोजिम को मुद्दा ट्राईब्युनलमा सरेपछि ट्राईव्युनललाई नेपाल विशेष अदालत ऐन, २०१३ बमोजिम कारवाही गर्ने अधिकार र दाइत्वबारे दफा ८ को उपदफा (१) मा व्यवस्था गरेको देखिएको र दफा ११ मा यसमा लेखिएकोमा यहि ऐनबमोजिम र अरुमा प्रचलित कानूनबमोजिम हुन्छ भन्ने लेखिएकोले दफा ९ का मुद्दाहरूका सम्बन्धमा प्रचलित कानूनबमोजिम हुनु पर्ने देखिन आयो । यस किसिमबाट दफा ९ बमोजिम सरेका मुद्दाहरूका कारवाही तहकिकातका सम्बन्धमा दफा (८) को उपदफा (१) ले विशेष अदालतको कार्यविधी अपनाउनु पर्ने लगायतको अधिकार भएको भएपछि सोहि ऐनबमोजिम अपील दिन पाउने देखिन आयो । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.345
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2022/08/14
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 345
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्