नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 359 · वि.सं. २०२३
नि.नं. 359 — चोरी पैठारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लुकाई छिपाई चोरीबाट माल ल्याएको नदेखिए र दिनको समयमा नै रेल्वेबाट माल ल्याएको देखिएमा र बजार अड्डा खोलेको दिनैमा लाग्ने महशुल तिरे बुझाएको देखिए चोरी पैठारी गरेको भन्न नमिल्ने । चोरी पैठारीको नियतले अबाटो समेतबाट लुकाई छिपाई ल्याएको भन्ने कसैको भनाइ नभई दिनको टायम एन.जि.आर रेल्वे बाटै ल्याएको देखिन आएको र खा.इ. मिनबहादुरले पक्राउ गर्दा सो कार्तिक ६ गते बिदाको दिन परेकोले भोलीपल्ट ऐजन ७ गते बजार अड्डामा लगी लाग्ने महसुल तिरे बुझाएकै समेत देखिनाले यस्तोमा चोरी पैठारी गरेको भन्न मिलेन । (प्रकरण नं. १७) (२) कस्तो कुरामा अड्डाका कर्मचारीलाई दोषि ठहराउन नमिल्ने ? शंकरलालले कार्तिक ६ गते पक्राउ गर्ने खा.इ.मिनबहादुरलाई पनि भनेको हुनु पर्ने त्यस्तो भनेको भन्ने खा.इ.मिनबहादुरको रिपोर्टबाट नदेखिएको र कार्तिक ६ गते तेल पैठारी गरी ल्याएको बजार अड्डाका कर्मचारीहरूलाई थाहा थियो भन्ने कुरा पेश भएसम्मका कागजातहरू कतैबाट प्रमाणित हुन सकेको पनि नदेखिनाले बजार अड्डामा माल लगिएको कार्तिक ७ गते नै लाग्ने महसुल लिई रसिद काटेका यस्तो कुरामा बजार अड्डामा कर्मचारीहरू दोषि हुन्छन् भन्नसमेत मिलेन । (प्रकरण नं. १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 359 |
|---|---|
| मुद्दाको विषय | चोरी पैठारी |
| निर्णय वर्ष / मिति | 2023/10/04 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२३, नि.नं. 359 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
