नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 349 · वि.सं. २०२३

नि.नं. 349 — थैली बुझाई जग्गा थामी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) न्यायापालिकातर्फ प्रधानमन्त्रिज्यूको सिधा आदेशले कार्यवाही गर्न नमिल्ने, आवश्यक परेमा सर्वोच्च अदालत मार्फत आउन पर्ने, ऐन कानूनबमोजिम भन्नाले भईरहेको प्रचलनमा रहेको ऐन कानूनबमोजिम नै गर्नुपर्ने, अदालतको रिपोर्टमा आफ्नो अधिकार प्रयोग गरी ठाडै बुझिएको भन्ने नभएमा समेत कार्यपालिका (प्रधानमन्त्रि) कै आदेशबाट दायर भई कारवाई भएको देखिने । कानूनले भने प्रधानमन्त्रिज्यूका आदेशले कारवाही गर्न नमिल्ने, कारवाइ गर्नैपर्ने भए पनि न्यायपालिका सर्वोच्च अदालत मार्फत आदेश भई आउन पर्ने, सोझै यसै अदालतमा आएको सो आदेशले कारवाही गर्न कानूनले नमिल्ने समेत भनी ०१७।८।२७।२ मा जि.अ.धरानले रिपोर्ट जाहेर गरेकोमा कानूनी अधिकार प्राप्त न्यायापालीकाको अपील अड्डाबाट अधिकार प्रयोग गरी कारवाही चल्दै रहेको र केहि मुद्दा किनारा भईसकेको देखिँदा भन्ने उल्लेख गरे पनि आखिरी ऐन सवालबमोजिम गर्नु भन्ने पूर्वान्चल उच्च अदालतबाट ०१७।१०।२।१ मा आदेश भएको देखिएको । आफ्नै अधिकार प्रयोग गरी ठाडै बुझी कारवाही गरेको भनी उक्त रिपोर्टमा र त्यसपछिको कारवाहीमा पनि जिल्ला अदालतले उल्लेख गरे लेखेको नदेखिनाले समेत प्रस्तुत मुद्दा कार्यपालिका (प्रधानमन्त्रि) कै आदेशबाट दायर गरी कारवाही किनारा गरेको देखिन्छ) । (प्रकरण नं. ११) (२) हक बेहक सम्बन्धमा प्रधानमन्त्रिज्यूको आदेशबाट कारवाही गर्न नमिल्ने–त्यस्तो आदेशको आधारमा भए गरेको काम कारवाइ फैसला बदर हुने । मुद्दामामिलाको काम कानूनद्वारा व्यवस्थित हुँदा श्री माननीय प्रधानमन्त्रिज्यूद्वारा बुझी ऐन सवालबमोजिम गर्नु भन्ने आदेशबाट कारवाही गर्न नमिल्ने हुँदा कानूनको परिधी नाघि तत्कालीन श्री माननीय प्रधानमन्त्रिले दिएको आदेशले दायर गरी गरेको कारवाही र ०१७।१२।२१।२ को तत्कालीन धरान जिल्ला अदालतको फैसला समेतलाई समर्थन गरी ०१९।३।५।३ मा डिभिजन बेञ्चबाट भएको फैसला समेत सम्पूर्ण कारवाही फैसाला कानूनसङ्गत नदेखिनाले बदर हुने ठहर्छ। (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.349
मुद्दाको विषयथैली बुझाई जग्गा थामी पाउँ
निर्णय वर्ष / मिति2023/08/07
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 349
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्