नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 360 · वि.सं. २०२३

नि.नं. 360 — बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

१. ऐनले निर्देश गरेबमोजिम अधिकारवालाको आदेशले ऐनको म्यादसम्म थुन्न पाउने–त्यस्तो आदेशानुसार थुनुवामा रहेकोमा वन्दि प्रत्यक्षीकरणको रीट लाग्न नसक्ने । बढी समयसम्म हिरासतमा राख्न परे विशेष पुलिस अफिसरले यो ऐन अन्तर्गत तोकिएको वा गठित अदालतको न्यायाधीको अनुमती लिई थप ३ महिनासम्म हिरासतमा राख्न सक्नेछ भन्ने व्यवस्था भएको देखिएको । निज हेमबहादुरलाई २३।१२।९ देखि हिरासतमा राखिएको अनुसन्धान बाँकी हुँदा हिरासतमा राख्न पाउने समय भन्दा बढी १५ दिनसम्मलाई थप अनुमती विपक्षीले मागेकोमा बढी दिन १५ सम्म हिरासतमा राख्न पाउने गरी भ्र.नि.ऐन अन्तर्गतको अदालतबाट अनुमती प्रदान गरी साथै मिसिल मानिस वापस गरिएको विपक्षीको लिखत जवाफ साथ पेश भएको भ्र.नि.ऐन अन्तर्गतको अदालतको पत्र नक्कलबाट देखिएको र पेश भएको नक्कलबाट थुनुवा पुर्जि समेत दिइ अनुसन्धानको सिलसिलामा कानूनको रीत पुर्‍याइ निज हेमबहादुरलाई थुनामा राखेको देखिनाले थुनुवा पुर्जि दिई थुनेको बन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ भन्ने निवेदकको जिकीर पुग्न सक्तैन रीटको निवेदन पत्र खारेज हुने ठहर्छ । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.360
मुद्दाको विषयबन्दी प्रत्यक्षीकरणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2023/12/16
अदालत / इजलाससंयुक्त इजलास
उद्धरण सन्दर्भने.का.प. २०२३, नि.नं. 360
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्