(१) महिनावारी तलव भत्ता लिन खान पाउने गरी नियुक्त भएको व्यक्तिको तलव भत्ताको सम्बन्धमा ज्याला मजुरीको ५ नं.को हदम्याद लाग्ने भन्ने मिल्ने नदेखिने । यसमा नेपाल बैंक लिमिटेड धरान शाखाको एजेन्ट पदमा नियुक्त भई काम गरी राखेको वादीलाई ०१७।१२।२१ को पत्रबाट ०१८।२।१५…
(१) बिमा गरिएको रकम पाउने हकदार (नोमिनी) को नाम स्पष्ट उल्लेख भएको देखिए बिमा ऐन, २०२५ बमोजिम बिमा सम्बन्धी कारोवारमा निषेधाज्ञा जारी गर्न नमिल्ने । मेरो एकाघरको छोरा सहसे उलेन्द्रध्वज कार्की हवाई दुर्घटनामा परी परलोक भएको र निजले इन्सोरेन्स गरेको बिमा संस्थान…
(१) अस्थायी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको भई स्थायी पदबाट दिएको राजीनामा स्वीकृत भएको नदेखिए स्थायी नियुक्ति भएको पदमा कामकाज गर्न दिनु भन्ने परमादेशको आदेश दिने ठहर्ने । तसर्थ निवेदकले डडेलधुरा अस्पतालको मेडिकल अधिकृत पदको स्थायी नियुक्ति भएको पदबाट राज…
(क) श्री ५ को सरकारसँगको ठेक्का सम्बन्धी हकमा बाधा विरोध भएमा सो हक प्रचलन गराई पाउँ भनी नागरिक अधिकार ऐन, २०२१ को दफा १८ बमोजिम जोसुकैले पनि उजूर गर्न सक्ने, त्यसमा नागरिकताको आधारमा कुनै बन्देज लगाएको नदेखिने, उक्त ऐनको दफा ८ वा ९ द्वारा प्रदत्त हकको लगिमात्…
(१) शंकासम्मको आधारमा सन्धी ठहराउन मिल्ने नदेखिने । उपरोक्त जिल्ला भित्रको झगडा परेको जग्गा मध्ये बीचमा भएको नं.नं.२९ को वान्नोदेखि पूर्वतर्फको जग्गाको हकमा घडेरीहरूसमेत भएको नक्साबाट देखिन्छ प्रतिवादी जिकिर अनुसार सन्धीको जग्गा भए त्यसरी घडेरीसमेत हुनुपर्ने थ…
(१) तत्काल प्रचलित अपुतालीको ११ नं.–जसले सही संभार गर्छ उसैले अपुताली पाउने बज्यै चिगडीको वादी इन्द्रनारायण आफ्नै छोरापट्टिको नाति र प्रतिवादी अष्टनारायण सौतेनी छोरापट्टिको नाति भन्ने देखिएकोले वादी तथा वादीतर्फका विद्वान अधिवक्ताको जिकिर अनुसार चिगडी मरेपछि न…
(क) प्रतिउत्तर परेपछि थैली अड्डाले सुनाउन पर्ने र सो सुनाएको मितिले ३५ दिनभित्र थैली धरौटी दाखिल गर्न पाउने कानूनी व्यवस्था नभएको । (ख) प्रतिउत्तर परेकै मितिबाट थैली धरौट राख्ने म्यादको सिर्जना हुने । उपरोक्त लेनदेन व्यवहारको १५ नं.मा प्रतिउत्तर परी मुख मिलेको…
(१) प्रमाण दिनसमेत नसकी कुनै विवादै नउठाएकोमा अदालतले ठहर गर्न नमिल्ने । ०२५।८।२।१ को डिभिजन बेञ्चले निर्णय गर्दा रमेशचन्द्रलाई छुट्याएकै विगाहा २७७।। बाहेक अरू बाँकी जग्गामा अर्को बन्दोवस्त भएको देखिएकोसमेत भनी वादीसमेतले नभएको ०१५।१६।१० को चलानी पूर्जीको मान…
(१) कस्तोमा ऐनको हदम्याद नाघेपछि नालेस गरेको भन्ने प्रश्न नउठने । प्रतिवादी हिरालालले ०१८।११।२६।६ मा पाएको चलानी पूर्जी कायमै रहिरहेको र निजले जग्गा भोग चलन गर्न पाएकोसमेत भए सो मितिले उपरोक्त जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं.को म्याद २ बर्षभित्र नालेस उजू…
(१) जग्गामा हकै नभएको बीचको मानिससँग मुद्दा गरी जग्गा छाडिदिने व्यहोरासँग मिलापत्र गरेको सम्म नाताले जग्गामा हक पुग्न नसक्ने भोग तिरोसमेतको अन्य सबूद चाहिने । अब रह्यो २००३।१२।२६।२ को मिलापत्रको कुरा उक्त मिलापत्र हुनु भन्दा अगावै परेको मुद्दाहरूमा माथिको प्रक…
(क) रजिष्ट्रेशन गर्ने अड्डाको अधिकारक्षेत्र भित्र नपर्ने विषयहरू दावीमा समावेश भएको छ भने पहिले रजिष्ट्रेशन गर्ने अड्डामा दर्खास्त नगरी सिधै अदालतमा नालेस नलाग्ने भन्न नमिल्ने । (ख) सामान्यत रजिष्ट्रेशन गर्ने अड्डामा धरौट राखी निखन्न दर्खास्त दिनुपर्ने, निखन्न…
(१) तत्काल प्रचलित साहु आसामीको २ नं.–तमसुक नामाकरण नगरी अरू नै नाम राखेको नभए पनि सापटी लिनु दिनु गरेको व्यहोरा पारी लिखत गरेकोछ भने त्यसतोलाई कर्जा लिनु दिनु गरेको नै मान्नु पर्ने । साहु आसामी बनी कर्जा लिनु दिनु गरेको व्यवहारमा जस्तै तमसुक गरी रूपैयाँ लिए द…
(१) मुद्दा फैसला भएको सूचना र फैसला सक्कल प्राप्त भएपछि अ.बं.१९७ बमोजिम पहिले नै पुनरावेदन गर्न पर्ने भन्न मिल्ने अवस्था नहुँदा पुनरावेदन म्याद दिई पुनरावेदन लिएको कानून अनुरूप नभएको भन्न मिल्ने नदेखिने । यसमा ०२९।६।४।४ को डिभिजन बेञ्चमा मा.न्या.श्री जयदेव भट्…
(१) संविधानको धारा ११(१) (ङ) लाई संकेत गरेको भए पनि निषेधाज्ञाको आदेश जारी गरिपाउँ भन्ने माग गरेको र मौलिक हक भन्नाले मूल कानूनद्वारा प्रदत्त हकलाई सम्झनु पर्ने हुनाले यस्तोमा निषेधाज्ञाको आदेश जारी हुन नसक्ने भन्ने तर्क गर्न नसकिने । वादीले संविधानको धारा ११…
(१) जग्गाधनीले पाउने भन्दा बढी बाली दावी गरेमा मोहीलाई निष्कासन गर्न नमिल्ने । अब मोही निष्कासन हुने नहुने के हो भन्ने हकमा वादीले आफूले पाउने जतिमात्र दावी गरेको भए ऐनले तोके बमोजिम बाली नबुझाई बाँकी राखेमा मोहीलाई निष्कासन गर्न सकिने अवस्था आउने हो यस्मा त्य…
(१) तेरो मेरो हकबेहकको निर्णय हुन पर्ने प्रश्न उठकोमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) अनुसार अदालतबाट हकबेहक छुट्याई लिन पर्ने । यसमा प्रतिवादीले नक्सा पास नगराई बनाएको भनेको गारो वादी दावी अनुसार वादीको किलास मिची नयाँ बनाएको हो वा प्रतिवादी जिकिर…
(१) जग्गाको हकबेहकसमेतमा निर्णय गर्न पर्नेमा नगरी जालसाजी तर्फमात्र निर्णय गरेको फैसला बदर हुने । यसमा निर्णयतर्फ विचार गर्दा आमाले मलाई बकसपत्र गरी दिएको आमा परलोक भइसकेको अघि मेरो आमाको हक ठहरी अपील दोस्राबाट समेत फैसला भइसकेको छँदै विपक्षी पञ्चायतको कर्मचार…
(१) ठेक्का पट्टामा लिई पाई भोग चलन गरी राखेकोमा कानूनी रीतबाट ठेक्कापट्टा तोडाउन सक्ने अथवा दुवै पक्षको मञ्जूरी भई तोडेको हुनु बेगर एक पक्षीय जग्गाधनीको आफू खुसीले जहिले पनि बदर गरी जग्गा झिक्न नसक्ने । उक्त ९५।११।७।७ को लिखत सद्दे ठहर्न आएको र सो लिखत बमोजिम…
(१) लिखतको जग्गा कच्चा भएकोबाटमात्र जालसाज ठहर्ने नभई जालसाजी काम कुरा गरेको सबूद पुग्न आउँदामात्र जालसाजी ठहर्ने । रु. २००० को राजीनामामा लेखिएको ४ किल्ला भने झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गामा मिल्न भिड्न आएकोले पहिले रणबहादुरले रू.६०० मा राजीनामा लिए…
(१) चल सम्पत्ति राजीनामा गरिदिएको लिखत रजिष्ट्रेशन पारित गर्न नपर्ने । तसर्थ उपरोक्त उल्लिखित कारणले जग्गा राजीनामा दिएको देखिन नआई मिलसम्म राजीनामा दिएको देखिएकोले त्यस्तो चल सम्पत्ति राजीनामा गरिदिएको लिखत प्रचलित मुलूकी ऐन रजिष्ट्रेशनको १ र ३ नं.ले रजिष्ट्र…
(१) मुडिई जोगी भएका मानिसको कृया नगरेको भन्ने दोष लगाउन मिल्ने नदेखिने । यसमा वादी दावीको ३ कित्ता मध्ये सोति भन्ने खेत मुरी ।३।१५ को हकमा वादीको ससुराका दर्ता हकको हुँदा वादीकै ठहराई शुरुले छिने उपर प्रतिवादी बलराम जगदेवले पुनरावेदन नै नगरी चित्त बुझाई बसेकोस…
(१) निजामति कर्मचारीको काम सन्तोषजनक नभए निजलाई नि.से.नियमावलीको नियम १० को उपनियम १ को खण्ड २ बमोजिम सजाय हुने नियम १० को उपनियम १ को खण्ड (५) बमोजिम सजाय गरी नोकरीबाट हटाएको निर्णय कानूनबमोजिमको नभई त्रुटिपूर्ण देखिने । निवेदकलाई २०२७।५।३ को श्री ५ को सरकारक…
(१) अ.बं.७८ नं.–एकाको प्रमाणको कागज अर्कालाई देखाई सुनाई जो हुन आउँछ सो गर्नुपर्ने । यसमा विपक्षीले बाली नबुझाएको भन्ने निवेदिकाको मुख्य जिकिर भएको र रामवृक्षको प्रतिनिधि, निवेदिकाको प्रतिनिधिसमेत हुँदा निजलाई बाली बुझाई भरपाईसमेत लिएको भन्ने विपक्षीको मुख्य ज…