नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 737 · वि.सं. २०३०

नि.नं. 737 — पास बेगर किलास गारो बनायो भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तेरो मेरो हकबेहकको निर्णय हुन पर्ने प्रश्न उठकोमा नगरपञ्चायत ऐन, २०१९ को दफा ४९ को उपदफा (२) अनुसार अदालतबाट हकबेहक छुट्याई लिन पर्ने । यसमा प्रतिवादीले नक्सा पास नगराई बनाएको भनेको गारो वादी दावी अनुसार वादीको किलास मिची नयाँ बनाएको हो वा प्रतिवादी जिकिर अनुसार आफ्नो पुरानै गारोलाई सच्याई मर्मत गरी बनाएको के हो भन्ने मूल प्रश्न उपर विचार गर्दा वादीको घर तर्फ ४ १/२ मिची नयाँ थपी बनाएको के हो भन्ने जुन ओभरसियरको नक्सा रिमार्कको मुख्य आधारमा सो गारो भत्काई दिने का.न.पं.मुद्दा फाँट तथा का.न.पं.सभाबाट निर्णय गरिएको छ त्यसमा साविकमा के कति थियो र हाल ४ १/२ मिची नयाँ थपी गारो उठाई बनाएको कसरी निश्चित गरिएको हो त्यसको आधार र कारण केही नखुलेकोले ओभरसियरको त्यस्तो किसिमको नक्सा रिमार्कसम्मलाई भर लिई त्यतिकैबाट हालै नयाँ थपी बनाएको भन्ने ठहर गर्न मिल्ने देखिएन मुख्य मेरो घरको पश्चिमपट्टिको किलासमा जबरजस्ती गारो उठाई लगेकाले सो भत्काई मेरो किलास कायम गरिपाउँ भन्ने वादी, आफ्नै पुरानोमा सच्याई साविकै बमोजिम बेगल कौशी तलाको मात्र टालटुल गरी बनाएको हुँ अघि मुद्दा परी फैसला हुँदा पश्चिमपट्टि वादीको किलासै नठहरकोले वादीको किलास मिची गारो उठाएको होइन भन्ने प्रतिवादी भई सो गारो तेरो मेरो हकबेहकको निर्णय हुन पर्ने प्रश्न उठेको यस्तोमा नगर पञ्चयात ऐन, २०१९ को दफा ४९ को उपदफा (२) अनुसार अदालतबाट हकबेहक छुट्याई लिनपर्ने र सो गारो उठाउँदा वादीको किलास मिचे नमिचेको उसै मुद्दाबाट तहकिकात भई ठहरे बमोजिम हुनेसमेत हुँदा अदालतमा नालेस दिई हकबेहक छुट्याई लिनु भनी सुनाई दिने गरेकोसमेत बागमती अञ्चल अदालतको सदर गरी ०२८।५।३।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ । कोर्टफी राखेको हुँदा निवेदक वादीलाई मुद्दा दोहर्‍याएमा अरू सजाय गर्न परेन, नियमबमोजिम मिसिल बुझाइदिनू । (प्र.नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.737
मुद्दाको विषयपास बेगर किलास गारो बनायो भन्ने
निर्णय वर्ष / मिति2029/12/10
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 737
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्