नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 750 · वि.सं. २०३०

नि.नं. 750 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अस्थायी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको भई स्थायी पदबाट दिएको राजीनामा स्वीकृत भएको नदेखिए स्थायी नियुक्ति भएको पदमा कामकाज गर्न दिनु भन्ने परमादेशको आदेश दिने ठहर्ने । तसर्थ निवेदकले डडेलधुरा अस्पतालको मेडिकल अधिकृत पदको स्थायी नियुक्ति भएको पदबाट राजीनामा गरेको नभई अस्थायी नियुक्ति भएको अवस्थामा विशेषज्ञ भएको हुँदा सरकारी मिति अनुसार सहुलियत प्राप्त स्थानमा सरुवा गरियोस अन्यथा राजीनामा स्वीकृत गरिपाउँ भनी शर्त सहितको माग गरेकोमा अस्थायी पदबाट दिएको राजीनामा स्वीकृत गरिएको र निजले स्थायी नियुक्त भएको पदबाट राजीनामा दिएको स्वीकृति भएको नदेखिँदा निवेदकलाई स्थायी नियुक्ति गरिएको पदमा कामकाज गर्न दिनु भनी श्री ५ को सरकार स्वास्थ्य मन्त्रालयका नाउँमा परमादेशको आदेश दिने ठहर्छ । यो आदेशको प्रतितिपि विपक्षीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाइदिनू । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.750
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2030/01/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्वराज
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 750
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्