नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 738 · वि.सं. २०३०
नि.नं. 738 — बाली भराई जग्गा निष्कासन गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गाधनीले पाउने भन्दा बढी बाली दावी गरेमा मोहीलाई निष्कासन गर्न नमिल्ने । अब मोही निष्कासन हुने नहुने के हो भन्ने हकमा वादीले आफूले पाउने जतिमात्र दावी गरेको भए ऐनले तोके बमोजिम बाली नबुझाई बाँकी राखेमा मोहीलाई निष्कासन गर्न सकिने अवस्था आउने हो यस्मा त्यस किसिम वादीले आफूले पाउने जतिमात्र दावी गरेको नभई गहुँ बाली नपाउने भनी गहुँ बालीको बिगो दावी गरेको ठहराएको शुरु इन्साफ वादीले पुनरावेदन नगरी चित्त बुझाई बसेकोसमेत बाट जग्गाधनी बनी आफूले पनि पाउने भन्दा बढी बाली दावी गरी कचमच उठाएको रहेछ भन्ने देखिन आएको छ । यस किसिम वादी आफूले पनि पाउने भन्दा बढी बाली दावी गरी कचमच उठाएकोमा मोहीको मात्र दोष हो भन्न नमिल्ने हुँदा यस्तो अवस्थामा मोहीलाई निष्कासन गर्नु न्यायसंगत हुँदैन जग्गाधनीले पाउने भन्दा बढी बाली दावी गरेमा मोहीलाई निष्कासन गर्न नमिल्ने माथिको प्रकरणमा उल्लेख गरिएको दे.फु.नं.७९ कै मुद्दामा ०२६।६।१४।३ को फुल बेञ्चबाट निर्णय भइराखेकोसमेत हुँदा प्रतिवादीलाई जग्गाबाट निष्कासन गर्न मिल्ने देखिएन । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 738 |
|---|---|
| मुद्दाको विषय | बाली भराई जग्गा निष्कासन गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2029/07/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 738 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
