नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 731 · वि.सं. २०३०

नि.नं. 731 — जग्गा बाली

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मुडिई जोगी भएका मानिसको कृया नगरेको भन्ने दोष लगाउन मिल्ने नदेखिने । यसमा वादी दावीको ३ कित्ता मध्ये सोति भन्ने खेत मुरी ।३।१५ को हकमा वादीको ससुराका दर्ता हकको हुँदा वादीकै ठहराई शुरुले छिने उपर प्रतिवादी बलराम जगदेवले पुनरावेदन नै नगरी चित्त बुझाई बसेकोसमेत देखिन आयो । अर्को सिम्ले भन्ने खेत मुरी ।३।१० को हकमा मेरो नाति नाबालक भएकोले निजले कृया गर्न सक्ने डालो बोक्ने र नसके तैंले कृया गरी खानू भनी सिम्ले भन्ने खेतमुरी।३।१० समेत रू.१००। मोल राखी नारानदत्तले प्रतिवादी जि.मु.रघुनाथलाई २०१०।१।२।३ मा राजीनामा लिखत गरी दिएको सद्दे हो भन्ने कुरा वादीले स्वीकार गरेको पाइन्छ निज रघुनाथले कृया नगरेकोले जग्गामा निजको हक नपुग्ने भन्ने वादीको मुख्य जिकिर भए पनि पछि वादीको ससुरा नारानदत्त मुडिई जोगी भएकोबाट मरेपछि जोगीको रीत माफिक भण्डारा भएको हो भन्ने प्रतिवादी रघुनाथले प्रतिवादीमा जिकिर लिएको त्यसरी मुडिई जोगी भएका मानिसको प्रतिवादीले कृया नगरेको भन्ने दोष लगाउन मिल्ने देखिएन मुख्य लिखत गरी दिने नारानदत्तले सो लिखत बदर नगराई कायम रहेको र लिखतबमोजिम जग्गा प्रतिवादी रघुनाथले भोग तिरो गरी आएको प्रमाणित हुन्छ । त्यसकारण उक्त सिम्ले भन्ने खेत मुरी ।३।१० मा वादीको दावी पुग्न नसक्ने ठहराई ०२६।६।८।४ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै ठहर्छ । (प्र.नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.731
मुद्दाको विषयजग्गा बाली
निर्णय वर्ष / मिति2030/01/26
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रङ्गनाथ उप्रेती | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 731
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्