नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 733 · वि.सं. २०३०
नि.नं. 733 — जग्गा
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लिखतको जग्गा कच्चा भएकोबाटमात्र जालसाज ठहर्ने नभई जालसाजी काम कुरा गरेको सबूद पुग्न आउँदामात्र जालसाजी ठहर्ने । रु. २००० को राजीनामामा लेखिएको ४ किल्ला भने झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गामा मिल्न भिड्न आएकोले पहिले रणबहादुरले रू.६०० मा राजीनामा लिएको जग्गा नं.नं.१४ को भएकोमा पछि डम्बरबहादुरबाट रणबहादुरले रू.२००० मा राजीनामा गराई लिँदा बढी र फरक फरक किल्ला लेखी डम्बरबहादुरको नाममा दर्ता नभएकोमा डम्बरबहादुरको नाममा रू.१५ तिरो दर्ता भएको भनी झुठ्ठा कुरा लेखी झगडा परेको नं.नं.९।१०।११।१२।१३ को जग्गालाई किल्ला भित्र पारी राजीनामा दिए लिएको रहेछ भन्ने प्रमाणित हुन्छ रणबहादुरले रू.६०० मा जुन जग्गा राजीनामा गराई लिएको हो सोही जग्गासम्म पछि अर्कोलाई राजीनामा दिन पाउने हक हुने हो रू.६०० मा राजीनामा लिएको जग्गा नं.नं.९।१०।११।१२।१३ को नभएपछि सो जग्गा राजीनामा दिन पाउने डम्बरबहादुरको हक भएको देखिँदैन सो रू.२०००। को राजीनामा बेदामे जालसाजी भनी वादीले उजूर गरेकोमा जालसाजी नठहरी लुम्बिनी अञ्चल अदालतसमेत बाट फैसला भएको भए पनि लिखतको जग्गा कच्चा भएकोबाटै मात्र जालसाज ठहर्ने नभई जालसाजी काम कुरा गरेको सबूद पुग्न आउँदामात्र जालसाज ठहर्नेमा वादी दावीबमोजिम बेदामे लिखत पास गरेकोसमेत नदेखिएकोले जालसाज नठहर्ने भन्ने आधारमा उक्त फैसला भएकोले सो लिखत जालसाज नठहरेको कारणलेमात्र जग्गामा बमबहादुरको हक पुग्न आउने हुँदैन खास गरी परेको झगडा नं.नं.९।१०।११।१२।१३ को जग्गा वादीको भनी प्रतिवादीहरूले पनि स्वीकारै गरेको न.नं.२९ २९/१२९/२ मा कित्ता मिलेकोसमेत हुँदा वादीकै दर्ता हकको रहेछ भन्ने प्रष्ट हुन आएको छ । (प्रकरण नं. १२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 733 |
|---|---|
| मुद्दाको विषय | जग्गा |
| निर्णय वर्ष / मिति | 2029/06/16 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 733 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
