नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 734 · वि.सं. २०३०

नि.नं. 734 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साक्षी सबूदसमेतको अभावमा दावी साँचो मान्न नमिल्ने । त्यसरी स्वयम वादी आफू मालमा गई दर्खास्त दिई मालबाट सर्जमिन बुझी ठहर गरी नामसारी भए गराएको कारवाई वादीको लेखाई अनुसार प्रतिवादी जि.भोलाप्रसाद नन्दलालहरूले मालको हाकिम कारिन्दासमेतलाई भोर्‍याई वादीलाई झुक्याई गर्न गराउन सक्ने अवस्थाको देखिँदैन मालको हाकिम कारिन्दासमेत मिली झुक्याई गराएको भनी मालका हाकिम कारिन्दाहरू उपरसमेतको कानूनबमोजिम वादीको उजूर नभएको र आफूले नसुनी नबुझी आफ्नो नाममा जग्गा नामसारी गराउन माल अड्डामा गई दिएको आफ्नो दर्खास्तसमेतमा वादीले अर्काको भनाईमा लागी त्यसै सहिछाप गरे होला भन्ने कुरा प्रतितलायक पनि नभएको वादी दावीबमोजिम झुक्याई सहिछाप गराएकै हो भन्ने कुराको वादीले १ जना साक्षीसम्म पनि गुजार्न नसकेकोसमेत हुँदा साक्षी सबूदसमेतको अभावमा वादी दावी साँचो मान्न मिलेन । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.734
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2029/06/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 734
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्