(१) भ्रष्टचार सम्बन्धी उजूरी बडाहाकिम कहाँ पर्नुपर्ने भन्ने उल्लेख भएकोमा डि.आई.जी समक्ष परी निजले तहकिकात गरी गरेको कारवाही कानूनबमोजिम भएको भन्ने नमिल्ने । उक्त लेखिएअनुसार प्र.पुनरावेदकतर्फको र वादी श्री ५ को सरकारतर्फको जिकिरतर्फहरूलाई विचार राखी प्रस्तुत…
(१) वादीले लिई पाई सकेको सबूत गुजार्न प्रतिवादीहरूको नसके अंश दिनु नपर्ने भन्ने प्रतिवादीहरूको जिकिर मनासिव नदेखिने । यसमा वादी दावी बमोजिम वादीले अंश पाउने हो होइन पाउने भए के कति पाउने हो सो कुराको निर्णय दिनुपर्ने देखिन्छ । ८२ सालमै भिन्न भई जो भएको श्री सम…
(क) ज्यान मुद्दामा सजाय पाउँदैमा सो सजाय पाएको अपराध के कस्तो थियो, के कस्तो अवस्थामा ज्यान मारेको थियो इत्यादी कुराको विचार, नगरी नैतिक पतन देखिने फौज्दारी अपराध गरेको दोष लगाउन नमिल्ने । (ख) चोरी डाँका गरी मारेको अभियोगमा सावित भए त्यस्तो अपराध कुनै नैतिकताक…
(क) उखडा जग्गा कमाउने व्यक्ति नेपाली नागरिक नभए निजका नाउँमा जग्गा दर्ता हुन नसक्ने त्यस्तो जग्गा श्री ५ को सरकारमा लाग्ने । (ख) जग्गाधनी भन्नाले आफ्ना नाममा जग्गा दर्ता भएका नाताले वा सो जग्गामा आफ्नो हक पुग्ने नाताले श्री ५ को सरकारलाई मालपोत बुझाउन पर्ने व्…
(१) बाली भराई पाउँ भनी दावी भएको मुद्दा अ.बं.८२ नं.लगाई भूमिप्रशासकले खारेज गरेको अधिकारक्षेत्र भन्दा बाहिरको विषयमा निर्णय गरेको देखाई बदर हुने । माथि उल्लेख भए बमोजिम मोही सिताराम यादवले २०२४ सालको बाली नबुझाएकोले बाली भराइपाउँ फिराद दायर गरेको जग्गाधनीले सप…
(१) प्रहरीका कर्मचारी कुटपिट गरिए भन्ने उजूरीबाट कारवाई भएको मुद्दा राजकाज (अपराध तथा सजाय) ऐन अन्तर्गतको भन्न नमिल्ने । अभियुक्तहरूलाई सफाई दिने गरी गरेको उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी श्री ५ को सरकारको पुनरावेदन पर्न आएकोमा वादी श्री ५ को सरकारको…
(१) “अत्यन्त जरुरी कारण परेमा” भन्ने अपवाद आत्मिक आधारमा प्रयोग गर्न नसकिने, त्यसको कुनै वस्तुनिष्ट आधार हुनुपर्ने, र सो अन्तर्गत कुनै कर्मचारीलाई बर्खास्त गर्दा सो आधार स्पष्टरूपमा व्यक्त गरिएको हुनुपर्ने, नभए सो अपवाद अन्तर्गत सो सजाय भएको भन्न नमिल्ने। उपर्…
(१) सगोलको अंशबण्डा गर्नु पर्ने जेथा मध्येको केही जेथालाई कुनै अंशियार अर्को मौजामा र कुनै अंशियार अरू मौजामा बसेका छन् भने त्यतिको कारणलेमात्र मानो छुट्टिएको भन्न नमिल्ने मानो छुट्टिएको पक्का सबूद भएमात्र मान्नुपर्ने । हरेरामको बाबु रामऔतार कानपारा मौजामा बसा…
(१) निवेदकको मागबमोजिम आदेश जारी भएमा हक प्रचलन हुन नसके पनि भविष्यको अरू कुनै निर्वाचनमा उम्मेद्वार हुन पाउने हक सुरक्षित हुने वास्तविक लाभ हुन सक्ने देखिए माग बमोजिमको आदेश निरर्थक हुन जाने भन्न मिल्ने नदेखिने । जुन प्रधानपञ्चको निर्वाचनको कुरालाई लिई यो रिट…
(१) राजीनामा लिखतको अभावमा रसिद कुनैमा मोही जनाएकोसम्म प्रमाणले राजीनामा कायम हुन नसक्ने । यसमा खिचोलामा दावी परेको झगडा परेको जग्गा मेरा बाबु गोपीलालले प्रतिवादीको बाजे दिनर्धे भोटेसँग रू.४५। मा राजीनामा लिई हक भएको भन्ने वादी र राजीनामा दिएको होइन वादीको बाब…
(१) बैंकमा दाखिल भइरहेको रूपैयाँमा तेरो मेरो हकबेहकको निर्णय गर्नु पर्ने कुरा कम्पनी ऐनको कुनै दफा भित्र नपर्ने हुनाले कम्पनी ऐन, २०२१ को दफा १४६ को उपदफा २ ले सम्बन्धित विभागले कारवाई किनारा गर्न पाउने भन्न मिल्ने नदेखिने । यसमा धरान घरेलु काष्ठ कार्यालयको ना…
(१) लिखित कबुलियतको अभावमा पञ्चायतले पेस गरेको सिफारिसको आधारमा मोहियानी कायम हुने भनी गरेको भूमिप्रशासन कार्यालयको निर्णय कानूनी त्रुटि देखिने । यो रिट निवेदकका जग्गा ०२५ सालदेखि कमाएको भन्ने सम्बन्धित पञ्चायतले सिफारिस पठाएको देखिँदा भू.सु.ऐन, २०२१ को दफा २५…
(१) प्रहरीमा कुटपिट गरी सही गराएको भन्ने भई घा जाँच गराउँदा शरीरमा निल घाउसमेत परेको देखिए प्रहरीमा खुसीराजीले सावित भएको भन्न नमिल्ने । यसमा मुद्दा दोहर्याउने अभियुक्त संगीर मियाँ बाहेक अरूका हकमा हाल विवाद नभएकोले निज संगीर मियाँको हकमा निजले कसूर गरे नगरेक…
(१) लिई शब्दले भइसकेको क्रियालाई बुझाउने । उक्त मिलापत्र हेर्दा मिल्ने शर्तको मङ्गलकुमारीको व्यहोरामा झगडा परेको मेरो पसल कवल २ मेरो हक कायम गरी सो पसलको साल १ को बहाल रू.३० का दरले प्र.मध्येको जोगबहादुरसँग लिई मिलापत्र भएको मितिदेखि १० बर्षसम्म निजलाई बहालमा…
(१) विवाह भएको नभई हिन्दु समाजको आफ्नो धार्मिक र नैतिक आचरणमा कलंक लाग्ने गरी त्यसै कसैको स्वास्नी हुँ भनी भन्न स्वभाविक विश्वासलायक कारण नहुने । यसमा भाइ जुगेश्वर यादव १९८० सालमा जन्मी १९८४ सालमा मरेकोले निजको लङ्गवतीसँग विवाह भएकै होइन भन्ने वादी उतिमलाल महा…
(१) पहिलेको रसिद नभएको कारणले उखडा ठहराउन नमिल्ने नदेखिने रसिदसमेतको लिखित सवूद नभएकोमा सर्जमिन भनाइकै आधारमा उखडा कमाएको हो होइन भन्ने निर्णय दिनु कानूनसंगत हुने । प्रतिवादीले ०२१ साल भन्दा पहिलेको रसिद पेस गर्न नसकेकोले उखडामा कमाएको मान्न नमिल्ने भन्ने तर्क…
(क) हुकुम प्रमांगीमा कानूनबमोजिम गर्नु भन्ने शर्त राखी निर्णय गर्नु भन्ने उल्लेख भएकोमा निर्णय गर्दा कानूनकै आधार लिनुपर्ने कुरा उक्त प्रमांगीकै व्यहोराबाट प्रष्ट हुने । (ख) नाता सम्बन्ध कायम गर्ने फौज्दारी विषयको कुरा र कर्म थकालीको हक दुई पक्ष बीच न्यायिक नि…
(१) स्वतः निष्क्रिय हुने निर्णय बदर गराउन दिएका उजूरीमा विलम्बको सिद्धान्त लागू गर्न नमिल्ने । विलम्बको सिद्धान्तले यो रिट निवेदन खारेज हुनुपर्छ भनी प्रतिरक्षीतर्फका अधिवक्ताहरूले उठाउनु भएको तर्कलाई न्यायिक अर्धन्यायिक अधिकारीको निर्णयलाई बदर गर्नु पर्ने भएमा…
(१) अधिवक्ताले तोकिएको म्याद वा तारेखका दिन अदालतमा उपस्थित भई आफ्ना पक्षकातर्फबाट सो म्याद तारेखमा गर्नु पर्ने काम कारवाईहरू गरी आफ्नो पक्षको प्रतिनिधित्व गर्न माग गर्दछ भने सो पक्षको तारिख गुज्रेको भन्न नमिल्ने । उपस्थित हुने अधिकारको उपयुक्त परिभाषामा विचार…
(१) ल्याप्चे सहिछाप आफ्नो हो भन्ने स्विकार गरेकै भएपछि विशेषज्ञलाई सहिछाप जँचाई रहन पर्ने प्रयोजन नहुने । यसमा वादी दावीको तमसुकमा लागेको ल्याप्चे सहिछापको रेखा प्रष्ट नभएकोबाट कागज जाँचको ५ नं.ले नालेस खारेज हुने भनी बागमती अञ्चल अदालत र सोही सदर गरी ०२८।३।२४…
(१) कर्मचारी बर्खास्त गर्दा नि.से.नि.१०.९ ले आरोप स्पष्टरूपले किटिएको हुनुपर्ने र किटिएको आरोप उक्त नियमको १०.६ मध्येको एक हुनुपर्ने । निवेदकतर्फका विद्वान अधिवक्ता श्री मोतिकाजीले नियमावलीको १०.९ तर्फ बेञ्चको ध्यान आकर्षित गर्दै भन्नु भयो कि निवेदकलाई लगाइएको…
(क) धरौटीसम्म राख्दैमा ठेक्का स्वीकृत भई पट्टा उठिसकेको र शर्त कबुलियत भइसकेको भन्न नमिल्ने । (ख) धरौटीको साथ बोलपत्र पठाएकोमा रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा ९ ले त्यस्तो ठेक्का श्री ५ को सरकारले अस्विकृत गर्न सक्ने अवस्था बाँकी नै भएकोले यस स्थ…
(१) हक छोडी दिएको व्यहोरा परेको कागज रजिष्ट्रेशन गराउनु नै पर्ने कानूनी बाध्यता भएकोमा रजिष्ट्रेशन भए गरेको नदेखिए कानूनी मान्यता दिन नमिल्ने । सो अपुतालीको भागबण्डा लगाउँदा वादीले रोटे पिङ छेउको जङ्गल कित्ता १ घरबारी कित्ता १ घर १ मात्र लिन मञ्जूरी गरी ०२१।७।…