नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 754 · वि.सं. २०३०

नि.नं. 754 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(क) धरौटीसम्म राख्दैमा ठेक्का स्वीकृत भई पट्टा उठिसकेको र शर्त कबुलियत भइसकेको भन्न नमिल्ने । (ख) धरौटीको साथ बोलपत्र पठाएकोमा रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा ९ ले त्यस्तो ठेक्का श्री ५ को सरकारले अस्विकृत गर्न सक्ने अवस्था बाँकी नै भएकोले यस स्थितिमा सकार भइसकेको ठेक्का कबोल नगरे वापत भनी धरौट जफत गर्ने गरेको मिलेको नदेखिने । नागरिक अधकार ऐन, २०१२ को दफा १८ मा यदि ठेक्कापट्टामा अरू कुनै अधिकारीबाट झगडा निपटारा गर्ने व्यवस्था गरिएको छैन भने ठेक्का सम्बन्धी हकमा बाधा विरोध भएमा सो हक प्रचलन गराई पाउँ भनी र दफा ८ वा ९ को विरूद्ध सम्पत्ति अपहरण गरेमा वा नोक्सान पारेमा अदालतमा नालेस उजूर गर्न सक्छ भन्ने उल्लेख भएको पाइन्छ । सो ऐन बमोजिम अदालतमा नालेस गर्न पाउने छँदाछँदै अदालततर्फ ऐन बमोजिम नालिस नगरी सर्वोच्च अदालतको असाधारण अधिकारक्षेत्रको माग गर्दै निवेदक आएकोले प्रस्तुत निवेदनपत्र खारेज हुनुपर्छ भन्ने विद्वान सरकारी अधिवक्ताको बहसलाई यदि ठेक्का पट्टा भई दुई पक्षमा हुनु नपर्ने शर्तनामा कबुलियत भइसकेको भए सो ठेक्कापट्टा शर्त कबुलियतको सम्बन्धमा उठेको झगडा निपटारा गर्न उक्त ऐन बमोजिम अदालतमा नालिस उजूर गर्नु पर्ने स्थिति आउने थियो तर प्रस्तुत विषयमा ठेक्का पट्टा शर्त कबुलियत केही भई नसकेको केवल प्रारम्भिक कारवाइको बोलपत्र दाखिल गर्दा धरौटी राखेको देखिएको बोलपत्र पठाई धरौटीसम्म राख्दैमा ठेक्का स्वीकृत भई पट्टा उठिसकेको र शर्त कबुलियत भइसकेको भन्ने मिल्न आएन । धरौटीको साथ बोलपत्र पठाएकोमा रकम र सरकारी ठेक्का बन्दोबस्त ऐन, २०२० को दफा ९ ले त्यस्तो ठेक्का श्री ५ को सरकारले अस्वीकृत पनि गर्न सक्ने अवस्था बाँकी नै भएको देखिएकोले यस स्थितिमा सकार भइसकेको ठेक्का कबोल नगरे वापत भनी धरौटी जफत गर्ने गरेको मिलेको देखिएन । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.754
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2029/03/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री त्रैलोक्यराज अर्याल
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 754
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्