नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 755 · वि.सं. २०३०

नि.नं. 755 — उत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कर्मचारी बर्खास्त गर्दा नि.से.नि.१०.९ ले आरोप स्पष्टरूपले किटिएको हुनुपर्ने र किटिएको आरोप उक्त नियमको १०.६ मध्येको एक हुनुपर्ने । निवेदकतर्फका विद्वान अधिवक्ता श्री मोतिकाजीले नियमावलीको १०.९ तर्फ बेञ्चको ध्यान आकर्षित गर्दै भन्नु भयो कि निवेदकलाई लगाइएको आरोप स्पष्टरूपले किटिएको हुनु पर्दछ र प्रत्येक आरोप कुन कुरा र कारणमा आधारित छ सोसमेत खुलाउनु पर्दछ । उक्त जिकिरको खण्डनमा विद्वान सरकारी अधिवक्ता श्री रतनलाल कनौडियाले मालको मूल्य भन्दा धेरै कम मूल्याङ्कन गरी भन्सार महसूल कायम गरेको भन्ने आरोप लगाई स्पष्टीकरण मागिएको हुँदा नियमको पालन भएकै छ भन्नु भयो, त्यसतर्फ विचार गर्दा नियम १०.९ ले आरोप स्पष्टरूपले किटिएको हुनुपर्छ भनी जो बाध्यात्मक व्यवस्था गरेको छ । उक्त आरोप नियम १०.६ मध्येको एक हुनुपर्ने अनिवार्य छ । जुनसुकै किसिमको आरोप लगाई कर्मचारीलाई हटाउने वा बर्खास्त गर्ने होइन कि ९ प्रकारको आरोप मध्येको आरोप हुनुपर्ने नियमको मनसाय देखिन्छ । निवेदकलाई जुन कसूर गरेको भनी भनिएको छ उक्त कसूर नियम १०.६ भित्र पर्दैन । निर्देशक तथा सचिवको लिखितजवाफमा आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेको भनी नियम १०.६ को ५ भित्र पार्ने प्रयत्न गरिएको छ । तर पछि नियमित पार्ने प्रयत्नले अघिको अनियमिततालाई ढाकछोप गर्न सकिन्न । निवेदकबाट सफाई मागिँदा आफ्नो पदको जिम्मेवारी अनुसार आचरण नगरेकोले भनी सफाई मागिएको नभई प्रज्ञापित मूल्य र मालको परिमाण वा संख्या उल्लेख गर्नु पर्नेमा सो नगर्नाको कारण रू.११५। मात्र मूल्य र भाडा भरौट कायम कुन आधारबाट गर्नु भएको हो भनी सफाई मागिएको फाइलबाट देखिन्छ । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.755
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ भन्ने
निर्णय वर्ष / मिति2029/07/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 755
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्