नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 771 · वि.सं. २०३०

नि.नं. 771 — राजकाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रहरीका कर्मचारी कुटपिट गरिए भन्ने उजूरीबाट कारवाई भएको मुद्दा राजकाज (अपराध तथा सजाय) ऐन अन्तर्गतको भन्न नमिल्ने । अभियुक्तहरूलाई सफाई दिने गरी गरेको उक्त इन्साफमा चित्त बुझेन भन्नेसमेत वादी श्री ५ को सरकारको पुनरावेदन पर्न आएकोमा वादी श्री ५ को सरकारको तर्फबाट रहनु भएको विद्वान का.मु.सरकारी अधिवक्ता श्री इन्द्रराज पाण्डेको बहस र झिकाइ आएको विपक्षीहरूको वा भिखारी सिंह र वा.रामलाललाई रोहवरमा राखी विपक्षीतर्फका विद्वान वरिष्ठ अधिवक्ता श्री कुन्ज विहारीप्रसाद सिंह र विद्वान अधिवक्ता श्री गणेशराज शर्माको बहस जिकिरसमेत सुनी निर्णयतर्फ विचार गर्दा प्रस्तुत मुद्दा राजकाज (अपराध तथा सजाय) ऐन, २०१९ को दफा ६ को उपदफा (३) अन्तर्गतको अपराध भनी वादी श्री ५ को सरकारको तर्फबाट दायर भएकोमा विशेष अदालतले फैसला गर्दा सरकारी कर्मचारीहरूलाई प्रतिवादीले कुटपिट गरेको ठहर्दैन भनी फैसला गरेको देखिन्छ सो फैसलाको उपयुक्ततातर्फ विचार गर्नलाई यो मुद्दा राजकाज (अपराध तथा सजाय) ऐन अन्तर्गत पर्ने हो होइन भन्ने १ र कुटपिट ठहर्दैन भनी फैसला गरेको मनासिव छ वा छैन भनी दोश्रा प्रश्न उपस्थित हुन आउँछ । राजकाज (अपराध तथा सजाय) ऐन, २०१९ अन्तर्गत भनी निर्वाचनमा खटिएका कर्मचारी कुटपिट भएको भन्ने मुद्दा वादी श्री ५ को सरकारले प्रतिवादी अनुपलाल चौधरीका विरूद्ध सगरमाथा अञ्चलाधिश कार्यालयमा दायर गरी सो कार्यालयबाट फैसला भएकोमा पुनरावेदन परी आई सर्वोच्च अदालत डिभिजन बेञ्चबाट त्यस्तो कर्मचारी कुटपिट भएको मुद्दा राजकाज (अपराध तथा सजाय) ऐन अन्तर्गतको मुद्दा हैन कुटपिट र लुटपिटका महल अन्तर्गतको मुद्दा हो भन्नेसमेत ठहर भई लुटपिटतर्फ कारवाई गर्न पठाउने र नपठाउने तर्फमा फुल बेञ्चमा पेश भई कुटपिटतर्फ सरकारी मुद्दा सम्बन्धी ऐन, २०१७ को संशोधित दफा ७ (क) बमोजिम कारवाई गर्न पठाउने ठहरी ०२९।३।२१।३ मा फुल बेञ्चबाट फैसला भएको देखिनाले सो सिद्धान्त अनुसार प्रहरीका कर्मचारी कुटपिट भए गरिए भन्ने उजूरीबाट कारवाई भएको यो मुद्दा पनि राजकाज (अपराध तथा सजाय) ऐन अन्तर्गतको भन्न मिलेन । (प्रकरण नं. २)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.771
मुद्दाको विषयराजकाज
निर्णय वर्ष / मिति2029/09/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री जयदेव भट्ट
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 771
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्