नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 761 · वि.सं. २०३०
नि.नं. 761 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पहिलेको रसिद नभएको कारणले उखडा ठहराउन नमिल्ने नदेखिने रसिदसमेतको लिखित सवूद नभएकोमा सर्जमिन भनाइकै आधारमा उखडा कमाएको हो होइन भन्ने निर्णय दिनु कानूनसंगत हुने । प्रतिवादीले ०२१ साल भन्दा पहिलेको रसिद पेस गर्न नसकेकोले उखडामा कमाएको मान्न नमिल्ने भन्ने तर्कका हकमा उखडा सम्बन्धी ऐन, ०२१ को दफा २ परिभाषा (घ) मा बोल कबोलसम्मबाट कमाएकोलाई पनि उखडा मानिने व्यवस्था भएको र उखडा हो होइन भन्ने विवाद उठेकोमा कबुलियत रसिद नभएकोमा कसरी त्यसको निराकरण गर्ने भन्ने सम्बन्धमा यस्तै कबुलियत रसिद नभएको पनि हुन सक्ने अवस्थालाई ध्यानमा राखी सोही उखडा सम्बन्धी ऐन, ०२१ को संशोधित दफा ८ को उपदफा (१) मा आवश्यकतानुसार सर्जमिन गराउन सक्ने पनि व्यवस्था भइराखेकोले पहिलेको रसिद नभएको भन्नेसम्म कारणले उखडा ठहराउन नमिल्ने देखिँदैन । यस्तो रसिदसमेतको लिखत सबूत नभएकोमा उक्त ऐन अनुसार बुझिएका सर्जमिन भनाइकै आधारमा उखडामा कमाएको हो होइन भन्ने कुराको न्यायिक निर्णय दिनु कानूनसंगत हुन्छ । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 761 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2030/02/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 761 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
