नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 759 · वि.सं. २०३०

नि.नं. 759 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) स्वतः निष्क्रिय हुने निर्णय बदर गराउन दिएका उजूरीमा विलम्बको सिद्धान्त लागू गर्न नमिल्ने । विलम्बको सिद्धान्तले यो रिट निवेदन खारेज हुनुपर्छ भनी प्रतिरक्षीतर्फका अधिवक्ताहरूले उठाउनु भएको तर्कलाई न्यायिक अर्धन्यायिक अधिकारीको निर्णयलाई बदर गर्नु पर्ने भएमामात्र उत्प्रेषणको आदेश जारी हुन सक्ने त्यस्तो कानूनबमोजिम कुनै अधिकारै नभएका व्यक्ति वा व्यक्ति समूहको निर्णय स्वतः कानूनी प्रभावविहीन वा सुन्य हुने भनी निवेदक रेवतीजङ्गध्वज विरूद्ध रामलोचनप्रसाद बानिया भएको रि.फु.नं.१० को रिटमा फुल बेञ्चबाट ०२८।११।११।४ मा निर्णय भएको पनि देखिनाले मोहियानी हकको तेरो मेरो मुद्दा छिन्न पाउने आफूमा भएको अख्तियार ऐनले अन्त सारी सकेपछि अख्तियार नभएका अवस्थामा जिल्ला न्यायाधीशले दिएको निर्णयले कानूनी मान्यता प्राप्त गर्न नसकी स्वतः निष्क्रिय हुने निर्णय बदर गराउन दिएका उजूरीमा विलम्वको सिद्धान्त लागू गर्न मिलेन । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.759
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2030/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री जयदेव भट्ट
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 759
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्