नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 756 · वि.सं. २०३०

नि.नं. 756 — जालसाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) म्याद तामेल जालसाज गरेमा सजाय गरिपाउँ भन्ने मुख्य दावी भएको फौज्दारी मुद्दाबाट वादी दावी नै नभएको म्याद तामेली वेरीत भन्ने देवानी विषयको कुरामा ठहरगर्न नमिल्ने । यसमा दावी बमोजिम फोहरा दरवारको ढोकामा टाँसिदै नटाँसेको म्यादलाई फोहरा दरवारको ढोकामा टाँसेको भनी म्याद तामेली जालसाजी गरे नगरेको के रहेछ भन्ने कुराको निर्णयको लागि हेर्दा प्रतिवादी कुन्जबहादुरको स्वार्थसिद्धीको लागि म्याद तामेल गर्ने अर्दली झमकबहादुर, साक्षी बस्ने नं.पं.स.कृष्णलाल केदारबहादुर चिनीयाकाजिसमेतका अरू प्रतिवादीसमेत मिली जालसाज गर्नपर्ने खास कारण वादीमा लेख्न खुलाउन नसकेको र दावी बमोजिम म्याद तामेली जालसाज गरेकै हो भन्ने कुराको प्रतितलायक सबूद प्रमाण दिन गुजार्न पनि नसकेकोले ठोस सबूद प्रमाणसमेतको अभावमा जालसाज गरेको भन्न ठहराउन मिल्ने देखिएन, जालसाजी भन्ने वादी दावी पुग्न नसक्ने ठहराएतर्फ बागमती अञ्चल अदालतको सदर गरी ०२८।१।५।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिवै छ, म्याद तामेल जालसाज गरेमा सजाय गरिपाउँ भन्ने वादीको मुख्य दावी भएको यो फौज्दारी मुद्दाबाट वादी दावी नै नभएको म्याद तामेली वेरीत भन्ने देवानी विषयको कुरामा ठहर गर्न नमिल्ने हुँदा म्याद तामेली रीत बेरीत र अर्को म्याद दिनुपर्ने नपर्नेसमेत विचार गरिरहनु नपर्नेमा उक्त म्याद अ.बं.११० नं. को रीत पुगी तामेल नभएकोले बदर हुने र अ.बं.१७४ नं.खारेज भइसकेको हुँदा अर्को म्याद दिन नपर्नेसमेत भनी बागमती अञ्चल अदालतले ठहर गरेको र ०२८।१।५।१ को डिभिजन बेञ्चले बागमती अञ्चल अदालतको उक्त ठहर कायम राखेको मिलेको देखिएन । म्याद तामेली रीत वेरीतको कुरा यस मुद्दाबाट ठहर गर्न नमिल्ने भएकोले पहिलेको म्याद तामेली वेरीत हुँदा बदर हुने ठहरेको भन्ने कुरालाई लिई बागमती अञ्चल अदालतको ०२६।५।१।५ को फैसलामा आजका मितिले म्यादभित्र का.जि.अ.मा मुद्दा सकार गर्न इच्छा भएमा जानु भनी वादीको वारेसलाई सुनाई दिने भन्ने बढी शब्द उल्लेख गरेको कायमै राख्न नमिल्ने हुँदा ०२८।१।५।१ को डिभिजन बेञ्चले सो बढी शब्द कायम राख्न नमिल्ने ठहराएको मनासिवै छ, डिभिजन बेञ्चको फैसलामा केही परिवर्तनसम्म भएकोले मुद्दा दोहर्‍याएमा निवेदक वादीलाई अरू सजाय गर्नु परेन, नियमबमोजिम मिसिल बुझाई दिनू । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.756
मुद्दाको विषयजालसाज
निर्णय वर्ष / मिति2030/04/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 756
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्