नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 765 · वि.सं. २०३०
नि.नं. 765 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लिखित कबुलियतको अभावमा पञ्चायतले पेस गरेको सिफारिसको आधारमा मोहियानी कायम हुने भनी गरेको भूमिप्रशासन कार्यालयको निर्णय कानूनी त्रुटि देखिने । यो रिट निवेदकका जग्गा ०२५ सालदेखि कमाएको भन्ने सम्बन्धित पञ्चायतले सिफारिस पठाएको देखिँदा भू.सु.ऐन, २०२१ को दफा २५ (२) बमोजिम उल्लिखित जग्गामा विपक्षी सियारामको मोहियानी लाग्ने ठहर्छ भनी भूमिप्रशासन कार्यालय रौतहटले निर्णय गरेको देखिएको र यस्तो उक्त ऐनको दफा २५(२) अन्तर्गत विपक्षी सियाराम ठाकुर लोहारको मोहियानी हक कायम गर्न ऐनको दफा ३४ बमोजिमको लिखित कबुलियत हुनुपर्ने सो को अभावमा सियाराम ठाकुरले निवेदकको जग्गा कमाई आएको भनी पञ्चायतले पेस गरेको सिफारिसको आधारमा विपक्षी सियारामलाई मोही कायम हुने भनी गरेको विपक्षी भूमिप्रशासन कार्यालय रौतहटको निर्णयले उक्त दफा २५(२) र दफा २४ को कानूनी त्रुटि गरेको देखिँदा मिति ०२८।३।२३।४ को निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ । यो आदेशको १ प्रतिलिपि विपक्षीकहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई फाइल नियमबमोजिम गरी बुझाई दिनु । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 765 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2029/08/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 765 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
