नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 762 · वि.सं. २०३०

नि.नं. 762 — विहावारी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विवाह भएको नभई हिन्दु समाजको आफ्नो धार्मिक र नैतिक आचरणमा कलंक लाग्ने गरी त्यसै कसैको स्वास्नी हुँ भनी भन्न स्वभाविक विश्वासलायक कारण नहुने । यसमा भाइ जुगेश्वर यादव १९८० सालमा जन्मी १९८४ सालमा मरेकोले निजको लङ्गवतीसँग विवाह भएकै होइन भन्ने वादी उतिमलाल महादेव र १९९३ सालमा जुगेश्वरसँग मेरो विवाह भई १९९९ सालमा दुरागमन भएपछि ०१२ सालमामात्र लोग्ने जुगेश्वर मरेका हुन् भन्ने लङ्गवतीको भनाई जिकिर भई विवाह भए नभएको कुरामा विवाद उठेको रहेछ । यो मुद्दाको वादी उतिमलाल महादेवहरूको २०१६ साल कार्तिक २९ गते अंशबण्डा हुँदा अरू अंशियार छैन भनी यिनै लङ्गवतीको भाइ लखनलाल लेखक साक्षी भई बण्डापत्र खडा भएको भन्ने वादी पक्षको जिकिरको हकमा त्यस्तो बोली पारी लखनलालले बण्डापत्र लेखिदिएकै भए पनि लखनलालले लेखेकोबाट लङ्गवतीको हकमा असर पुर्‍याउन हक जान सक्ने स्थिति नहुँदा त्यसलाई खास प्रमाण मान्न मिलेन । पुरोहित भनेको चुनचुन ठाकुरले मैले विवाह गराएको होइन भनेको भन्ने अर्को जिकिरको हकमा निजको बकपत्र हेर्दा वादीको भाइ जुगेश्वर थियो भन्ने कुरासम्म सुनेको हुँ तर म जन्मेदेखि र थाहा भएदेखि जुगेश्वरलाई देखेको छैन जुगेश्वरको विवाह भए नभएको पनि म जान्दिन दुवै थरको म पुरोहित हुँ तर मैले लङ्गवतीको विवाह गराएको छैन बाबु बाजेले गराएको पनि मलाई थाहा छैन भनी बकेको र निजबाट उमेर कति रहेछ भनी हेर्दा ०२५।९।२०।२ मा बकपत्र गर्दा ३४ बर्षको उमेर लेखाएको रहेछ त्यस उमेरको हिसाबबाट निजको जन्म ९२ सालतिर भएको हुन आउँछ ९२ सालमा जन्मेको निज चुनचुनलाई ९३ सालमा लङ्गवतीको जुगेश्वरसँग विवाह भएको थाहा हुनु अथवा निज पुरोहित भई विवाह गराएको हुनु सम्भावित कुरै भएन खास गरी निज लङ्गवती र जुगेश्वरको विवाह भएको होइन भन्न निजले नसकी थाहा छैन भन्नेको र निजको बाबु बाजे पुरोहित भई विवाह गराएको निजलाई थाहा हुन पनि नसक्ने हुनाले वास्तवमा निज चुनचुनको बकाईबाट लङ्गवतीको जुगेश्वरसँग विवाह भएकै होइन भन्ने वादीहरूको भनाई जिकिरलाई कुनै मद्दत गर्दैन अरू साक्षीहरूको बकाई हेर्दा वादीको अरू ७ जना साक्षीले लङ्गवती र जुगेश्वरको विवाह भएको होइन भनेको र प्रतिवादी लङ्गवतीका १६ जना साक्षीले लङ्गवती जुगेश्वरको १९९३ सालमा विवाह भई ९९ सालमा दुरागमन भएको र १२ सालमा जुगेश्वर मरेको भन्ने लङ्गवतीको भनाई जिकिर समर्थित हुने गरी बकेको पाइन्छ । दुवै पक्षका ती साक्षीहरूको बकाईको मूल्याङ्कन गरी हेर्दा एक त वादीको भन्दा प्रतिवादीका साक्षीहरूको संख्या दोब्बर भएको, सामान्यत थोरैजनाको भन्दा धेरैजनाले भनेको कुरा नै साँचो मान्नु स्वाभाविक हुने र दोश्रो कुरा प्रतिवादीका ती १६ जना साक्षी मध्ये सुकराती हजामले लङ्गवती र जुगेश्वरको विवाहमा म हजाम भई काम गराएको हुँ भन्ने र अगम यादवले सो विवाहमा म पनि वरियात गएको थिएँ भन्ने किटानसाथ भने बकेकोसमेत बाट लङ्गवतीको जुगेश्वरसँग विवाह भएकै प्रमाणित हुन्छ, उसमा पनि वादीको भनाई जिकिर अनुसार लङ्गवतीको जुगेश्वरसँग विवाह भएको नभए प्रतिवादी लङ्गवतीले हिन्दू समाजको आफ्नो धार्मिक र नैतिक आचरणमा कलंक लाग्ने गरी त्यसै जुगेश्वरकी स्वास्नी हुँ भनी भन्न जानु स्वाभाविक र विश्वासलायक कारण पनि नभएकोसमेत प्रमाण परिबन्दबाट प्रतिवादी लङ्गवतीको भनाई अनुसार निजको जुगेश्वरसँग विवाह भएकै ठहर्छ विवाह भएको नठहराएको सगरमाथा अञ्चल अदालत राजविराज बेञ्चको सदर गरी ०२६।१०।१६।५ को डिभिजन बेञ्चले छिनेको इन्साफ मिलेको देखिएन अरू तपसील बमोजिम गर्नु । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.762
मुद्दाको विषयविहावारी
निर्णय वर्ष / मिति2030/05/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीनबहादुर थापा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 762
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्