नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 753 · वि.सं. २०३०
नि.नं. 753 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) हक छोडी दिएको व्यहोरा परेको कागज रजिष्ट्रेशन गराउनु नै पर्ने कानूनी बाध्यता भएकोमा रजिष्ट्रेशन भए गरेको नदेखिए कानूनी मान्यता दिन नमिल्ने । सो अपुतालीको भागबण्डा लगाउँदा वादीले रोटे पिङ छेउको जङ्गल कित्ता १ घरबारी कित्ता १ घर १ मात्र लिन मञ्जूरी गरी ०२१।७।२७।५ मा घरायसमा कागज भए गरेको भनी उक्त कागज प्रतिवादीहरूले प्रमाणमा पेस गरेका भए पनि खेततर्फको हकमा साहू ऋण म मानबहादुरले केही नबोक्ने भएकाले र अरू पाखा जग्गा खेतसमेत तिमीहरूले साहू तिरी ३ बण्डा गरी खानु भन्ने अरू जग्गामा हक छाडी दिएको व्यहोरासमेत पारेको त्यस्तो कागज र रजिष्ट्रेशनको १ नं. बमोजिम रजिष्ट्रेशन गराउनै पर्ने कानूनी बाध्यता भएकोमा रजिष्ट्रेशन भए गराएको नदेखिनाले त्यस्तो कागजलाई कानूनी मान्यता दिन नमिल्ने हुँदा खडुमायाको अपुतालीको घर जग्गा जो जति छ सो सबैमा माथि उल्लेख भएको भागशान्ती सबैको हक लाग्ने देखिन आउँछ । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 753 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2030/04/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीनबहादुर थापा | माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 753 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
