नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 776 · वि.सं. २०३०

नि.नं. 776 — भ्रष्टचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भ्रष्टचार सम्बन्धी उजूरी बडाहाकिम कहाँ पर्नुपर्ने भन्ने उल्लेख भएकोमा डि.आई.जी समक्ष परी निजले तहकिकात गरी गरेको कारवाही कानूनबमोजिम भएको भन्ने नमिल्ने । उक्त लेखिएअनुसार प्र.पुनरावेदकतर्फको र वादी श्री ५ को सरकारतर्फको जिकिरतर्फहरूलाई विचार राखी प्रस्तुत मुद्दाको मिसिल हेरी विचार गर्दा राष्ट्र सेवकहरूका (भ्रष्टाचार निवारण) ऐन, २०१३ को दफा २१ मा यस किसिमको हरेक उजूरी सरकारबाट नियुक्त भएको विशेष न्यायाधीशका इजलासमा दायर हुन्छ भन्न व्यवस्था भएको र सो ऐन बहाल छँदा जारी भएको २०१५।६।१३ को प्रकाशित राजपत्रको सूचनाले भ्रष्टाचार सम्बन्धी उजूरी बडाहाकिममा पर्नु पर्ने भन्ने उल्लेख भएकोमा प्रस्तुत उजूरी श्री डि.आई.जि.समक्ष परी निजले तहकिकात गरी गराई गरेको कार्यवाहीलाई कानूनबमोजिम भएको भन्न मिल्दैन । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.776
मुद्दाको विषयभ्रष्टचार
निर्णय वर्ष / मिति2029/08/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 776
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्