नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 772 · वि.सं. २०३०
नि.नं. 772 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बाली भराई पाउँ भनी दावी भएको मुद्दा अ.बं.८२ नं.लगाई भूमिप्रशासकले खारेज गरेको अधिकारक्षेत्र भन्दा बाहिरको विषयमा निर्णय गरेको देखाई बदर हुने । माथि उल्लेख भए बमोजिम मोही सिताराम यादवले २०२४ सालको बाली नबुझाएकोले बाली भराइपाउँ फिराद दायर गरेको जग्गाधनीले सप्तरी जिल्ला अदालतमा फिराद दायर गरेकोछ । मोहीले बाली बुझाएन बाली बाँकी राखेकोले मोहियानी निष्कासन गरिपाउँ भनी मोही निष्कासन गराई माग्नका लागि भूमिसम्बन्धी ऐन, २०२१ को दफा २९ (१) अन्तर्गत पर्न आउने उजूरी भूमिप्रशासक समक्ष र सो बाहेक शुद्ध बाली भराई माग्नका लागि दिनुपर्ने नालेस भूमिसम्बन्धी ऐन, २०२१ को दफा ३६ (क) अन्तर्गतको भई भूमिप्रशासकले हेर्न सुन्न पाउने गरी तोकिएको नहुनाले उक्त नियममा तोकिएदेखि बाहेक भू.सं.ऐन, २०२१ को दफा ६३ ले प्रचलित कानून बमोजिम हुने हुँदा प्रचलित कानूनले सम्बन्धित जिल्ला अदालतले हेर्ने सुन्ने व्यवस्था भए अनुरूप नै निवेदकको फिराद सप्तरी जिल्ला अदालतमा दायर भएकोमा जिल्ला अदालतले पठाई दिएको उक्त मुद्दा अनाधिकृत अधिकार ग्रहण गरी भूमिप्रशासनले निर्णय गरेको विवादमा आएको निर्णयबाट देखियो । अतएव बाली भराई पाउँ भन्ने वादी दावी भएको मुद्दा अ.बं.८२ नं.लगाई भूमिप्रशासकले खारेज गरेको अधिकारक्षेत्रभन्दा बाहिरको विषयमा निर्णय गरेको देखिँदा उत्प्रेषणको आदेशद्वारा बदर हुन्छ वादी दावी पुग्ने नपुग्ने के हो ? कानून बमोजिम निर्णय हुनका निमित्त उक्त मुद्दाको मिसिल सप्तरी जिल्ला अदालतमा पठाई दिनु भन्ने विपक्ष भूमिप्रशासन कार्यालयका नाउँमासमेत परमादेशको आदेश जारी गरी दिने ठहर्छ । यो आदेशको प्रतिलिपि विपक्षी कहाँ पठाउन महान्यायाधीवक्ताको कार्यालयमा पठाई मिसिल नियमबमोजिम गरी बुझाई दिनु । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 772 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2030/06/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 772 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
