सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ ४१० / ४४०

नि.नं. 728वि.सं. २०३०पूर्ण इजलास

जग्गाबाली

(१) तत्कालिन प्रचलित बाली झगडाको २० नं.–जग्गा तेरो मेरो हकबेहकमा दावी गरी मुद्दा चलाई राखेकोमा बालीमा तत्काल प्रचलित बालीको झगडाको २० नं.अन्तर्गत वादीको नालेस लाग्न सक्ने अवस्थाको नदेखिने । वादीको पहिले दावी २००७ सालदेखि २०१६ साल तकको बालीको हकमा मेरो तिरो रू.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 727वि.सं. २०३०पूर्ण इजलास

लेनदेन

(१) लखबन्धकी लिखतको स्थित पहिलेको भोग वा दृष्टि जुनबाट सरेर आएको हो सो सरह नै हुने । तत्काल प्रचलित साहू आसामीको २ (क) नं.अध्ययन गरी हेर्दा भोग वा दृष्टिबन्धक लेखाई लिएकोमा भोगबन्धकीमा १ बर्ष र दृष्टिबन्धकीमा २ बर्षभित्र बन्धकी लिएको अचल सम्पत्ति चलन गर्नू वा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 726वि.सं. २०३०पूर्ण इजलास

अपुताली जग्गा खिचोला

(१) अपुतालीको ८ नं.मा उल्लेख भएको हकवाला भन्ने शब्द ३ पुस्ता भित्रकैलाई मात्र संकेत गर्छ भन्न नमिल्ने । उक्त अपुतालीको ८ नं. मा हकवाला र छोरी छैनन् भने मर्नेको अपुताली छोरीको छोराहरूले खान पाउँछन भन्ने लेखिएको त्यसमा ३ पुस्ता भित्रको भन्ने नभए पनि पहिले सोही अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 725वि.सं. २०३०पूर्ण इजलास

लिखत बदर

(१) हकवालाले हेरविचार नगरी राखेकोमा अचलमा दसौंद बाँकी राखी अरू सबै आफ्नो खुस गर्न पाउने । वादीले चिदिमायाको हेरविचार गरे नगरेको के हो भन्ने तर्फ दावी अनुसार आफ्नो जेठो छोरा रामकृष्णलाई निज चिदिमाया को सँग साथमा राखी हेरविचार गरी आएको भन्ने कुराको लिखित सबूद कु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 724वि.सं. २०३०पूर्ण इजलास

अंश मानाचामल

(१) लोग्नेले खान लाउन नदिएको स्वास्नीले कुनै किसिमबाट खान लाउन पाई राखेको भए पनि मानाचामल दिन पर्ने कानूनी दायित्वबाट खान लाउन नदिने लोग्नेले पन्छिन पाउँछ भन्न नमिल्ने । निज बौलाही भुवनेश्वरी जेलमा थुनी राखेको हुँदा निजले खान लाउन जेलबाटै पनि कानून अनुसार पाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 723वि.सं. २०३०पूर्ण इजलास

जालसाजी

(१) कीर्ते कागजको ऐन अन्तर्गत जालसाजीमा दावी लिई फैज्दारीमा दर्ता गरेको मुद्दामा, फिरादपत्रमा ४ खण्डको १ खण्ड पाउने अंशियारको वास्तै नगरी भन्ने लेखेकोसम्मबाट, लेनदेन व्यवहारको ऐन प्रयोगमा ल्याउन नमिल्ने । म समेतको अंश हक लाग्ने जग्गा मेरो मञ्जूरी नलिई बिक्री ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 722वि.सं. २०३०पूर्ण इजलास

जालसाजी

(१) आफै अदालतमा उपस्थित भई नालेस गरेकोसमेत देखिए ७५ बर्ष उमेर पुगी आफ्नो व्यवहारको संरक्षण गर्न पनि नसक्ने भन्नेसमेतको लेखाई समर्थित नहुने । झुक्याएको भन्ने परिवन्ध वादीले के कस्तो देखाएको छ भन्ने तर्फ हेर्दा १३ साल श्रावण भाद्र के मा हो बागमती स्नान गर्नसमेत…

नजिर सार पढ्नुहोस् →
नि.नं. 721वि.सं. २०३०पूर्ण इजलास

ठेक कीर्ते

(१) वादीले दावी लिएको कुराको अदालतले इन्साफ ठहर गर्नु पर्ने, वादी दावी नै नभएको कुरामा अदालतले तर्क उठाई पक्ष विपक्षको बीचमा कुनै असर पर्न जाने गरी इन्साफ ठहरसमेत कुनै कुरा बोल्न नमिल्ने । यस प्रसंगमा वादीको दावी के कस्तो रहेछ भन्ने तर्फ हेर्दा ९५।११।२७।७ को म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 720वि.सं. २०३०पूर्ण इजलास

जग्गा हटक

(१) ल्याप्चे सहिछाप अप्रष्ट भएको कागज प्रमाण लाग्न नसक्ने । मिसिल हेर्दा गिमीले नन्दलाललाई राजीनामा गरी दिएको खेतहरू गिमीको लोग्ने जोखेका भागबण्डामा परेको भन्ने कुरा वादीहरूले पनि स्वीकार गरी राखेको पाइन्छ । गिमीको लोग्ने जोखेले हाम्रो बाबु थुमालाई रू.९० मा ९५…

नजिर सार पढ्नुहोस् →
नि.नं. 719वि.सं. २०३०पूर्ण इजलास

जग्गा

(१) जग्गाको मुख्य प्रमाण नै मोठ, श्रेस्तामा लेखिएको दर्तावाला जग्गाधनी मानिने । यसमा झगडा परेको कित्ता नं.२४६ को जग्गा वादी या प्रतिवादी मध्ये कस्को हक पुग्ने हो भन्ने कुराको निर्णयको लागि हेर्दा उक्त जग्गा ८९ सालको बझाङ्ग सर्पट महाजाँचको मोठमा २४६ नं.मोही गिठ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 718वि.सं. २०३०पूर्ण इजलास

जग्गा खिचोला

(१) भोग तिरो भइराखेको कुरामा विरोध नभए भोग तिरोबाटै जग्गामा हक पक्का भइसकेको मान्न पर्ने । मुख्य १९९६ सालको विर्ताको लगतमा झगडा परेको बहिबु खेत वादीको बाबु विसनारायणको नाउँमा दर्ता भएको सो दर्ता बदर गरिपाउँ भन्ने तर्फ तत्काल प्रचलित जग्गा मिच्नेको २१ जग्गा पजन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 717वि.सं. २०३०पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरिपाउँ

(१) भूमिसम्बन्धी ऐनको संशोधित दफा ४५(घ)– भूमिसम्बन्धी ऐनको संशोधित दफा ४५(घ) मा अप्रत्यक्ष रूपमा हुन सक्ने लाभको अंजाम गरी अंजामी लाभको आधारबाट आयस्ता कायम गर्नु भूमिसम्बन्धी ऐनको संशोधित दफा ४५ (घ) को मनसायको विपरीत हुने । भूमिसम्बन्धी ऐनको संशोधित दफा ४५(घ)…

नजिर सार पढ्नुहोस् →
नि.नं. 716वि.सं. २०३०पूर्ण इजलास

अंश

(१) लोग्ने स्वास्नीको ४ नं.को अवस्थामात्र देखाई नालेस गरेको नभई अंशबण्डाको १० नं.को आधारमा नालेस गरेमा उक्त अंशबण्डाको १० नं.भित्र पर्न आउने, लोग्ने स्वास्नीको महलको ६ नं.को हदम्याद नलाग्ने । सर्वप्रथम लोग्ने स्वास्नीको ६ नं.का म्यादभित्रको वादीको नालेस नभएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 715वि.सं. २०२९पूर्ण इजलास

अंश

(१) एउटै घरमा बसेको नाताले एकाघरका भनी नलेखिने, अंश नभई एउटै घरमा बसेका अंशियारलाई एकाघरको भनी लेखिने । यसमा दावीबमोजिम वादीले अंश पाउने नपाउने के हो भन्ने कुराको निर्णयको लागि मिसिल कागजहरूको अध्ययन गरी हेर्दा प्रतिवादीबाट पेश हुन आएको रु. १२१ लिई अंशमा दावी…

नजिर सार पढ्नुहोस् →
नि.नं. 714वि.सं. २०२९पूर्ण इजलास

बाली र निष्काशन

(१) अघिल्लो दिन नभ्याई अधुरो रहेको सर्जमिन भोलिपल्ट बुझेकोलाई गैरकानूनी भन्न नमिल्ने । मुख्य दरभाउमा विवाद भएकोले सो सम्बन्धमा ०२८।९।१६ का फुल बेञ्चका आदेशबमोजिम बुझी आएको सर्जमिन मुचुल्का हेर्दा ०२९ साल श्रावण १५ र १६ गते दुई दिन उक्त सर्जमिन बुझ्ने काम भएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 713वि.सं. २०२९पूर्ण इजलास

वाली भराइपाउँ

(१) तत्काल प्रचलित अ.बं.१०७ नं. अन्तर्गत नालिस गरेको नभई आफ्नो हक देखाई नालिस गरेकोमा उक्त अ.बं.१०७ नं. लागू हुन्छ भन्ने तर्क गर्न नमिल्ने । चौ.यक्षविक्रमले ०१८।४।१२।५ मा बयान गर्दा आफ्नो उमेर ८३ बर्ष पुगेको भनी लेख्नु भएको देखिएको र तत्काल प्रचलित अदालती बन्द…

नजिर सार पढ्नुहोस् →
नि.नं. 712वि.सं. २०२९संयुक्त इजलास

उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

(१) रिटको क्षेत्रबाट विवादास्पद हकको प्रचलन गराउन नमिल्ने । अब जब पनि कुनै निवेदक, बयान लिखितजवाफ वा सबूत प्रमाणहरूको विवेचना विश्लेषण र मूल्याड्ढनको अवस्था उपस्थित हुन आउँछ उत्प्रेषण वा अरु परमाधिकारको प्रयोग गरी त्यसको गुण, दोष र औचित्यलाई जाँचिदैन । उत्प्रे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 711वि.सं. २०२९पूर्ण इजलास

सरकारी हानी नोक्सानी गरे भन्ने

(१) पुरानो मलुकी ऐन रकम तहसीलको ८ नं.–रकम तहसीलको ८ नं.अन्तर्गतको मुद्दा फौजदारी भित्र पर्ने । वादी दावीमा मुख्य आधार लिएको पुरानो मुलुकी ऐन रकम तहसीलको ८ नं. हेर्दा त्यसमा सरकारको काम गर्नेले केही तवर गरिकन पनि सरकारको नोक्सान पारी आफूले खान अर्कालाई खुवाउन ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 710वि.सं. २०२९एक न्यायाधीशको इजलास

...

(१) प्रहरीमा हिरासतमा रहेको पनि पुर्पक्ष भइरहेको देखिने । यसमा ऐनले पुर्पक्षमा थुनिएको समय मिन्हा हुने भएकोले पुलिस प्रहरी अभियोक्ताहरूले थुनामा राखेको समय कट्टि गर्नु नै असल हुने र प्रहरीमा हिरासतमा रहेको पनि पुर्पक्ष भइरहेको देखिने हुनाले मिन्हा दिनु भनी यो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 709वि.सं. २०२९पूर्ण इजलास

सावाँ ब्याज भराइपाउँ

(१) म्यादमा धितो चलन नगरेकोबाट कपाली हुन गई कपाली भएको नाताले ब्याज भराउन नमिल्ने । यसमा २०२९।५।२९।४ को डिभिजन बेञ्चको फैसलाले वादीलाई ब्याज भराउने गरेको कानून अनुकुल छ वा छैन यस्तोमा तत्कालिन साहू आसामीको ५ नं.ले ब्याज नपाउने वा तत्काल रजिष्ट्रेशनको ७ र साहू…

नजिर सार पढ्नुहोस् →
नि.नं. 708वि.सं. २०२९पूर्ण इजलास

अ

(१) कुनै व्यक्तिको अचल सम्पत्ति अन्य मुलुकमा रहेकोमा दुई राज्यको अन्य सन्धि वा सम्झौता रहेनछ भने त्यस्तो अचल सम्पत्तिको हकमा जुन देशमा सो सम्पत्ति रहेको छ त्यसै देशको कानूनबमोजिम हुने । यसमा बाबाराजा विजयबहादुर सिंहले आर्जेको नेपाल सरहद जिल्ला बर्दिया तप्पे रज…

नजिर सार पढ्नुहोस् →
नि.नं. 707वि.सं. २०२९पूर्ण इजलास

नक्सा पास गरी पोखरी पुर्न पाउँ

(१) नरगपञ्चायत (दोस्रो संशोधन) ऐन, २०२२ को संशोधित थप दफा १७ (५)–मनासिव कारण भएमा नगरपञ्चायतले पोखरी पुर्न अनुमति नदिन सक्नेछ । अब उक्त हुकूम प्रमांगीबमोजिम पोखरी पुर्न नदिने गरेको नगरपञ्चायत सभाको निर्णय मिले नमिलेको के हो त्यसतर्फसम्म निर्णय दिनुपर्ने हुन आए…

नजिर सार पढ्नुहोस् →
नि.नं. 706वि.सं. २०२९पूर्ण इजलास

अंश

(१) तत्काल प्रचलित अ.बं.२८ नं.: बाबुबाट अंश दिलाइपाउँ भन्ने छोराको अ.बं.२८ नं. बमोजिम दावी पुग्न नसक्ने यसमा जेठी मुमा भक्तीदेवी र उहाँको छोरा चुडाराज शमशेर ०९ सालमा छुट्टिने अवस्थामा नगद गहनाको एउटा बण्डामा लाग्ने खडा गरी उहाँहरूको भागसम्म छुट्याई बाँडी दिई ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 705वि.सं. २०२९पूर्ण इजलास

जालसाजी, जिम्मावारी धनमाल हिनामिना गरे

(१) विदेश जानेको सम्पत्ति ऐनले अपुताली खान पाउने नजिकको हकवालाको जिम्मा राख्नु रखाउनुपर्ने कानूनी व्यवस्था नभएको । तत्सम्बन्धमा कानूनी व्यवस्था हेर्दा तत्काल प्रचलित आशौच बार्नेको ३५ नं.मा देश परदेश गएको मानिस मर्‍यो जिउँदो केही पत्ता नभएकोमा घरबाट जाँदाको उमे…

नजिर सार पढ्नुहोस् →