नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 716 · वि.सं. २०३०

नि.नं. 716 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लोग्ने स्वास्नीको ४ नं.को अवस्थामात्र देखाई नालेस गरेको नभई अंशबण्डाको १० नं.को आधारमा नालेस गरेमा उक्त अंशबण्डाको १० नं.भित्र पर्न आउने, लोग्ने स्वास्नीको महलको ६ नं.को हदम्याद नलाग्ने । सर्वप्रथम लोग्ने स्वास्नीको ६ नं.का म्यादभित्रको वादीको नालेस नभएको भन्ने निवेदक प्र.तर्फका विद्वान अधिवक्ताको मुख्य जिकिर भएको हकमा वादीले नालिस गर्दा लोग्ने स्वास्नीको ४ नं.मा उल्लेख भए बमोजिममात्र कसूर देखाई सोही ४ नं. बमोजिम अंश छुट्याई पाउँ भनी दावी गरेको भए सोही महलको ६ नं.को हदम्याद लाग्ने पनि प्रश्न उठ्ने थियो तर वादीले नालेस गर्दा लोग्ने स्वास्नीको ४ नं.को मात्र अवस्था देखाई सो ४ नं.अन्तर्गत अंशमा दावी गरेकी नभई मलाई कुटपिट गरी खान लाउन नदिई घरबाट निकाला गरेको हुँदा अंशबण्डाको १० नं. बमोजिम फिराद गर्न आएको छु भनी अंशबण्डाको १० नं.को आधारमा नालेस गरेकी र उक्त अंशबण्डाको १० नं.हेर्दा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन इज्जत आमद अनुसार खान लाउन दिनै पर्छ नदिए अंश दिनु पर्छ भन्ने उल्लेख भएकोबाट मुख्य खान लाउन नदिएको भन्ने कुराले वादीको नालेस दावी उक्त अंशबण्डाको १० नं.भित्र पर्न आउने देखिन्छ त्यसकारण लोग्ने स्वास्नीको ६ नं.को हदम्याद लाग्ने भन्न मिलेन । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.716
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2029/08/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 716
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्