नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 712 · वि.सं. २०२९

नि.नं. 712 — उत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रिटको क्षेत्रबाट विवादास्पद हकको प्रचलन गराउन नमिल्ने । अब जब पनि कुनै निवेदक, बयान लिखितजवाफ वा सबूत प्रमाणहरूको विवेचना विश्लेषण र मूल्याड्ढनको अवस्था उपस्थित हुन आउँछ उत्प्रेषण वा अरु परमाधिकारको प्रयोग गरी त्यसको गुण, दोष र औचित्यलाई जाँचिदैन । उत्प्रेषणको परीधिबाट यो हेरिन्छ कि कुनै निष्कर्ष वा निर्णयको कुनै आधार छ कि छैन । आधाररहित निष्कर्ष वा बेप्रमाणिक निर्णय रेकर्डबाट नै प्रत्यक्ष देखिन्छ भने त्यस अवस्थामा उत्प्रेषण वा अन्य उपयुक्त आदेश आज्ञा वा पूर्जि जारी हुन सक्तछ । तर कुनै कुराको आधारमा निष्कर्षमा पुगेको देखिन्छ भने जुन कुरालाई आधार मानी निष्कर्षमा पुगेको हो ति सही वा गल्ती के छन् भनी जाँच्ने प्रश्न आउँदैन । त्यस्ता आधार मानिएका कुराहरूको अर्थ गर्ने कुरामा यस पर्यवेक्षकीय अधिकारको प्रयोग गरिंदैन । यी सब पुनरावेदनको तहबाट गरिने कुरा हुन निश्चय नै पुनरावेदनको स्थान रिटको क्षेत्रले ग्रहण गर्न सक्तछ भने यस्ता कुराहरूमा पनि प्रवेश गर्न सकिन्छ । अतः पर्यवेक्षकीय र पुनरावेदकीय अधिकारहरूको परीधिलाई यस्ता प्रश्नहरूको विस्तारा गर्दा ध्यानमा राख्नु जरुरी छ । उत्प्रेषणको बिषयलाई लिएर यस्तै किसिमको कानूनी व्याख्या भारतको उच्चतम न्यायालयले गरेको पनि पाईन्छ । (ए.आई.आर.१९६४ एस.सि.४७७) रिटको क्षेत्रबाट निवेदकको विवादास्पद हकको प्रचलन गराउन मिल्ने नहुँदा उत्प्रेषणको आदेश जारी गर्न मिल्दैन । यो रिटको निवेदन खारेज हुन्छ फायल रुल नियमबमोजिम बुझाई दिनु । (प्रकरण नं. ४२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.712
मुद्दाको विषयउत्प्रेषण वा अन्य उपयुक्त आज्ञा आदेश वा पूर्जि जारी गरी पाउँ
निर्णय वर्ष / मिति2029/07/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिह
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 712
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्