नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 718 · वि.सं. २०३०
नि.नं. 718 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भोग तिरो भइराखेको कुरामा विरोध नभए भोग तिरोबाटै जग्गामा हक पक्का भइसकेको मान्न पर्ने । मुख्य १९९६ सालको विर्ताको लगतमा झगडा परेको बहिबु खेत वादीको बाबु विसनारायणको नाउँमा दर्ता भएको सो दर्ता बदर गरिपाउँ भन्ने तर्फ तत्काल प्रचलित जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं.को म्याद २ बर्ष भित्र उजूर गरी बदर गराउन प्रतिवादी धनमायाले नसकेकी र ८३ सालदेखि भोग तिरो वादीतर्फबाटै भइराखेको भन्ने कुरामा विरोध नभएकोले दर्ता भोग तिरोबाटै जग्गामा वादीको हक पक्का भइसकेको मान्नु पर्ने यस स्थितिका सबूद प्रमाण सहितको भोगबन्धकीमा दिएको भन्ने प्रतिवादीहरूको मौखिक जिकिरसम्मको आधारमा भोगबन्धकी कायम गर्न नमिल्नेसमेत हुनाले अन्य विवादको कुराहरूमा विचार गरिरहनु परेन । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 718 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2029/10/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 718 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
