नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 724 · वि.सं. २०३०

नि.नं. 724 — अंश मानाचामल

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लोग्नेले खान लाउन नदिएको स्वास्नीले कुनै किसिमबाट खान लाउन पाई राखेको भए पनि मानाचामल दिन पर्ने कानूनी दायित्वबाट खान लाउन नदिने लोग्नेले पन्छिन पाउँछ भन्न नमिल्ने । निज बौलाही भुवनेश्वरी जेलमा थुनी राखेको हुँदा निजले खान लाउन जेलबाटै पनि कानून अनुसार पाई राख्ने भएकोले खान लाउन नदिने लोग्नेबाट मानाचामल पाउँदैन कि भनी शङ्का गर्नलाई पनि प्रचलित मुलकी ऐन अंशबण्डाको १० नं.मा छोरा स्वास्नीलाई खान लाउन नदिई राख्न पनि हुँदैन । इज्जत आमद अनुसार खान लाउन दिनैपर्छ भन्ने कानूनी व्यवस्था भएको देखिएकोले सो कानूनी व्यवस्था अनुसार खान लाउन नदिएमा लोग्नेले स्वास्नीलाई खान लाउन वापतको मानाचामल दिन पर्ने कानूनी दायित्व भएको देखिन्छ । त्यस्तो बौलाहा भई उपचार निमित्त जेलमा थुनी राखेको वादी भुवनेश्वरीलाई औषधी उपचारसमेत गर्ने कर्तव्य हुने लोग्ने प्रतिवादीले खान लाउन नदिएको स्वास्नीले अरू कुनै किसिमबाट खान लाउन पाई राखेको रहेछ भने पनि उक्त कानूनी व्यवस्थाले लोग्ने स्वास्नीलाई खान लाउन निमित्त मानाचामल दिन पर्ने कानूनी दायित्वबाट खान लाउन नदिने लोग्नेले पन्छिन पाउँछ भन्न नमिल्ने हुनाले प्रतिवादीबाट भुवनेश्वरीले खान लाउन मानाचामल पाउने देखिएकोले त्यसतर्फ अरू कुनै शंङ्का गर्नु परेन । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.724
मुद्दाको विषयअंश मानाचामल
निर्णय वर्ष / मिति2030/09/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 724
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्