नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 721 · वि.सं. २०३०
नि.नं. 721 — ठेक कीर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वादीले दावी लिएको कुराको अदालतले इन्साफ ठहर गर्नु पर्ने, वादी दावी नै नभएको कुरामा अदालतले तर्क उठाई पक्ष विपक्षको बीचमा कुनै असर पर्न जाने गरी इन्साफ ठहरसमेत कुनै कुरा बोल्न नमिल्ने । यस प्रसंगमा वादीको दावी के कस्तो रहेछ भन्ने तर्फ हेर्दा ९५।११।२७।७ को मिति राखी भूपाल सिंहले आफ्ना हस्ताक्षरबाट कीर्ते ठेक्का लेखी खडा गरेको सो कीर्ते ठेक्का बदर वातेल गरी कीर्ते ठेक्का खडा गरेमा भूपाल सिंहलाई कीर्तेमासमेत सजाय गरिपाउँ भन्ने फिरादपत्रमा मुख्य दावी लिएको पाइन्छ, वादीले जे जति कुरामा दावी लिएको छ त्यतिसम्म कुराको कानून बमोजिम अदालतले इन्साफ ठहर गर्नु पर्ने हो वादी दावी नै नभएको कुरामा अदालतले तर्क उठाई पक्ष विपक्षको बीचमा कुनै असर पर्न जाने गरी इन्साफ ठहरसमेत कुनै कुरा बोल्न मिल्ने देखिँदैन । (प्र.नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 721 |
|---|---|
| मुद्दाको विषय | ठेक कीर्ते |
| निर्णय वर्ष / मिति | 2029/11/23 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रंगनाथ उप्रेती | माननीय न्यायाधीश श्री ब्रम्हदत्त तिवारी | माननीय न्यायाधीश श्री जयदेव भट्ट |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 721 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
