नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 722 · वि.सं. २०३०

नि.नं. 722 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफै अदालतमा उपस्थित भई नालेस गरेकोसमेत देखिए ७५ बर्ष उमेर पुगी आफ्नो व्यवहारको संरक्षण गर्न पनि नसक्ने भन्नेसमेतको लेखाई समर्थित नहुने । झुक्याएको भन्ने परिवन्ध वादीले के कस्तो देखाएको छ भन्ने तर्फ हेर्दा १३ साल श्रावण भाद्र के मा हो बागमती स्नान गर्नसमेत काठमाडौं गएको थाहा पाई प्रतिवादी रत्नबहादुर आई म ७५ उमेर पुगेको आफ्नो व्यवहारको संरक्षण गर्न पनि नसक्ने कान पनि राम्रो नसुन्ने आँखाको पनि कमजोरी राम्रो होस ठेगानासमेत नभएका बृद्ध मानिसलाई छोरी नातिलाई बकसपत्र पास गरेको रसिद मिलेको छैन फेर्नु पर्‍यो नामसारी पनि गर्नु पर्‍यो भनी फकाई दुई तिन थान के कति हो कागज गराई अड्डामा लगी झुक्याई सहिछाप गराएको भन्नेसमेत वादीमा उल्लेख गरेको पाइन्छ । वादी लेखअनुसार निज राम्रो होस ठोगाना नभएको आफ्नो व्यवहारको संरक्षणसमेत गर्न नसक्नेसमेत अवस्थाको मानिस भए त्यस्ताको हकमा एकाघरसँग बसेको १६ बर्ष नाधेको हकदार कोही रहेनछ भने ऐनले अपुताली खान पाउने हकवालाले सो कारण देखाई नालेस उजूर गरी दिन पाउनेसमेत तत्काल प्रचलित अ.बं.१०७ नं.मा व्यवस्था भएको तर स्वयम वादी आफैं अदालतमा उपस्थित भई यो नालेस गरेकोसमेत देखिएकोले वादीको उपरोक्त लेखाई समर्थीत हुन आएन । (प्र.नं. १३,१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.722
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2029/09/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 722
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्