नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 723 · वि.सं. २०३०
नि.नं. 723 — जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कीर्ते कागजको ऐन अन्तर्गत जालसाजीमा दावी लिई फैज्दारीमा दर्ता गरेको मुद्दामा, फिरादपत्रमा ४ खण्डको १ खण्ड पाउने अंशियारको वास्तै नगरी भन्ने लेखेकोसम्मबाट, लेनदेन व्यवहारको ऐन प्रयोगमा ल्याउन नमिल्ने । म समेतको अंश हक लाग्ने जग्गा मेरो मञ्जूरी नलिई बिक्री गरेको बदर गरिपाउँ भन्ने दावी लेनदेन व्यवहारको ऐन अन्तर्गत र मसमेतका अंश हक लाग्ने जग्गा मलाई थाहा नदिई जालसाजी राजीनामा लिनु दिनु गरेको बदर गरी जालसाज गरेमा सजाय गरिपाउँ भन्ने दावी कीर्ते कागजको ऐन अन्तर्गत पर्न आउने दुई भिन्न भिन्न विषय हुन् जस्तो कि अदालती बन्दोवस्तको ९ नं.अनुसार लेनदेन व्यवहारको ऐन अन्तर्गत दावी भएको नालेस देवानी हुने र त्यस्तो नालेस दर्ता गर्दा कोर्टफी ऐन, २०१७ अनुसार लाग्ने कोर्टफीसमेत दाखिल गर्नु पर्ने हुन्छ कीर्ते कागजको ऐन अन्तर्गतको नालेस फौज्दारी हुने र त्यस्तो नालेस गर्दा कोर्टफी राख्नु पर्दैन प्रस्तुत नालेस लेनदेन व्यवहारको ऐन अन्तर्गत दावी लिई कोर्टफीसमेत राखी देवानीमा दायर गरेको नभई कीर्ते कागजको ऐन अन्तर्गत जालसाजीमा दावी लिई फैज्दारीमा दर्ता गरेकोले फिरादपत्रमा ४ खण्डको १ खण्ड पाउने अंशियारको वास्तै नगरी भन्ने लेखेकोसम्मबाट लेनदेन व्यवहारको ऐन प्रयोगमा ल्याउन नमिल्नेसमेत हुनाले प्रस्तुत मुद्दामा लेनदेन व्यवहारको १० नं.या ४० नं.कुन नम्बरको हदम्याद लाग्ने हो भन्ने प्रश्नै उठ्न सक्तैन कीर्ते कागजको ३ नं.अन्तर्गतको वादी दावी हुँदा सोही ऐनको १८ नं.को हदम्याद लाग्ने प्रष्ट छ त्यसकारण नारायणी अञ्चल अदालतले लेनदेन व्यवहारको ४० नं.को हदम्याद कायम गरी म्यादभित्रको उजूरी भनी ४ खण्डको १ खण्ड राजीनामा बदर गर्ने गरेको र डिभिजन बेञ्चले लेनदेन व्यवहारको १० नं.को हदम्याद कायम गरी सो ऐनको हदम्याद नाघेको भनी त्यस आधारमा नारायणी अञ्चल अदालतको उल्टी गरेकोसमेत मिलेको देखिएन । (प्र.नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 723 |
|---|---|
| मुद्दाको विषय | जालसाजी |
| निर्णय वर्ष / मिति | 2029/06/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री राजा ईश्वरीजंगबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 723 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
