नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 714 · वि.सं. २०२९

नि.नं. 714 — बाली र निष्काशन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अघिल्लो दिन नभ्याई अधुरो रहेको सर्जमिन भोलिपल्ट बुझेकोलाई गैरकानूनी भन्न नमिल्ने । मुख्य दरभाउमा विवाद भएकोले सो सम्बन्धमा ०२८।९।१६ का फुल बेञ्चका आदेशबमोजिम बुझी आएको सर्जमिन मुचुल्का हेर्दा ०२९ साल श्रावण १५ र १६ गते दुई दिन उक्त सर्जमिन बुझ्ने काम भएको देखिएको र यसै कुरालाई लिई पहिलो दिन सर्जमिन बुझ्ने काम भइसकेपछि फेरि दोस्रो दिन बुझ्न नहुने बुझेको गैरकानूनी हो भनी वादीतर्फका विद्वान अधिवक्ताले आपत्ति उठाउनुभएको समेत भए पनि पहिलो दिन श्रावण १५ गते सर्जमिन बुझ्ने काम भएकोमा आज ज्यादै हुलदंगा भएको र साथै समयले पनि नभ्याएको हुँदा बाँकी पुनः सर्जमिन हुनेछ भनी सुनाएको सुनिपायौं । सर्जमिनका मानिसहरू धेरै बाँकी भएको र समयले पनि नभ्याएको हुँदा आजलाई स्थगित भएको ठीक हो भन्नेसमेत सो सर्जमिन मुचुल्कामै लेखी दुवैपक्षको समेत सहिछाप गराई मिति बन्द गरी बाँकी सर्जमिन भोलिपल्ट श्रावण १६ गते फेरि बुझेको उक्त सर्जमिन मुचुल्काबाट देखिएको र त्यसरी अघिल्लो दिन समयले नभ्याएकोमा भोलिपल्ट फेरि बुझ्न नहुने कानूनले बन्देज लगाएको नहुनाले अघिल्लो दिन नभ्याई अधुरो रहेको बाँकी सर्जमिन भोलिपल्ट बुझेकोलाई गैरकानूनी हो भन्न मिल्ने देखिएन । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.714
मुद्दाको विषयबाली र निष्काशन
निर्णय वर्ष / मिति2029/10/13
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री चन्द्रप्रसाद प्रधान
उद्धरण सन्दर्भने.का.प. २०२९, नि.नं. 714
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्