नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 736 · वि.सं. २०३०

नि.नं. 736 — जालसाजी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गाको हकबेहकसमेतमा निर्णय गर्न पर्नेमा नगरी जालसाजी तर्फमात्र निर्णय गरेको फैसला बदर हुने । यसमा निर्णयतर्फ विचार गर्दा आमाले मलाई बकसपत्र गरी दिएको आमा परलोक भइसकेको अघि मेरो आमाको हक ठहरी अपील दोस्राबाट समेत फैसला भइसकेको छँदै विपक्षी पञ्चायतको कर्मचारी मिली जालसाज गरी हिराबहादुरका नाउँमा नाउँ सारी गरिदिनु भन्ने ल.पु.माललाई लेखोट गरी गराई जालसाज गरेमा सजाय गरी बेहिसाबसँग ल.पु.मालमा हिराबहादुरका नाउँमा नाउँसारी दर्ता गरे गराएकोसमेत बदर गरिपाउँ भन्नेसमेत वादी र दावीको जग्गा मेरै हक ठहरी पञ्चायत र अपील दोस्राबाट फैसला भएको हुँदा मेरै नाउँमा नाउँसारी गरिदिनु भन्ने पञ्चायतबाट पूर्जि दिएकोले वादीको हक नठहरी मालबाट दर्ता गरिदिएपछि अपील पर्दा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट इन्साफ सदर गरी फैसला भएको हो जालसाजी गरेको होइन भन्नेसमेत हिराबहादुरसमेतको प्रतिवादी भएकोबाट मुख्यतः जग्गामा नै हकबेहकको विवाद उत्पन्न हुन आएको देखिएकोले जग्गा हकबेहक तर्फ लाग्ने कोर्टफी वादीबाट लिई जग्गाको हकबेहक र जालसाजीतर्फ निर्णय गर्न नपर्ने प्रष्ट हुन आएको छ । त्यसरी जग्गाको हकबेहककोसमेत निर्णय गर्न पर्नेमा नगरी जालसाजीतर्फसम्म निर्णय गरी वादी खारेज गर्ने नगरेको ललितपुर जिल्ला अदालतको इन्साफ मनासिव ठहराएको बागमती अञ्चल अदालतको इन्साफ सदर गरेको डिभिजन बेञ्चको ०२७।११।२३ को इन्साफ मिलेको नदेखिएकोले विद्वान अधिवक्ताहरूको उपरोक्त बहसमा यो बेञ्च सहमत भएन सो फैसला सबै बदर गरी दिएको छ तपसीलको कलममा तपसील बमोजिम गरी जग्गा हकबेहक तर्फ कानूनबमोजिम लाग्ने कोर्टफी वादीबाट लिई जग्गा र जालसाजी दुवैतर्फ कानूनबमोजिम निर्णय गर्नु भनी तारेखमा रहेका पक्षहरूलाई तारेख तोकी मिसिल नियमबमोजिम बागमती अञ्चल अदालतमा पठाई दिने ठहर्छ । (प्र.नं. १० र ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.736
मुद्दाको विषयजालसाजी
निर्णय वर्ष / मिति2030/02/12
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 736
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्