नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 752 · वि.सं. २०३०

नि.नं. 752 — तलव भत्तासमेत दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) महिनावारी तलव भत्ता लिन खान पाउने गरी नियुक्त भएको व्यक्तिको तलव भत्ताको सम्बन्धमा ज्याला मजुरीको ५ नं.को हदम्याद लाग्ने भन्ने मिल्ने नदेखिने । यसमा नेपाल बैंक लिमिटेड धरान शाखाको एजेन्ट पदमा नियुक्त भई काम गरी राखेको वादीलाई ०१७।१२।२१ को पत्रबाट ०१८।२।१५ देखि सस्पेण्ड र ०१८।३।२६ देखि सेवाबाट मुक्त गरिएकोमा वादीको उजूरी परी निजलाई गैरकानूनी तरिकाले बर्खास्त गरेको बदर हुने ठहराई ०२३।२।१९ मा सर्वोच्च अदालत डिभिजन बेञ्चबाट फैसला भएको रहेछ । नेपाल बैंक लिमिटेड कर्मचारी नियमावली, २०१९ को परिच्छेद ३ को नियम १२ मा कुनै कर्मचारी सस्पेण्ड भएकोमा लागेको अभियोग प्रमाणित नभई सफाई पाएमा सस्पेण्ड रहेको अवस्थामा चौथाई तलव खाएको भए सो कट्टा गरी र नखाएको भए पुरै तलव भत्ता पाउने छ भन्ने नियम १४ मा कुनै कर्मचारीलाई नोकरीबाट बर्खास्त गरिएको वा तलव वृद्धि स्थगित गरिएको आदेश रद्द भएमा सो आदेश भएको मितिदेखि रद्द भएको अघिल्लो मितिसम्मको पनि पूरा तलव भत्ता निजले पाउनेछ भन्ने व्यवस्था भएकोले सस्पेण्ड भएको मितिदेखिको लिन बाँकी तलव भत्तासमेत पाउने रकममा दावी गर्न पाउने नै देखिन्छ । ज्याला मजुरीको ५ नं.को हदम्याद नाघेपछिको वादीको नालेस हुँदा खारेज हुनुपर्ने भन्ने प्रतिवादीको मुख्य जिकिर भएको हकमा वादीलाई मजदूर सरह ज्याला मजुरी लिई काम गर्ने शर्तमा रहे राखेको भन्ने प्रमाण प्रतिवादीले दिन सकेको छैन कानूनद्वारा स्थायी बैंकमा ठेकिएको कर्मचारीमा महिनावारी तलव भत्ता लिन खान पाउने गरी नियुक्ति भएको व्यक्ति हुनाले यस्तो व्यक्तिको तलव भत्ताको सम्बन्धमा उक्त ज्याला मजुरीको ५ नं.को हदम्याद लाग्ने भन्न मिल्ने देखिएन । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.752
मुद्दाको विषयतलव भत्तासमेत दिलाई पाउँ
निर्णय वर्ष / मिति2030/04/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री झपटसिंह रावल
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 752
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्