नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 748 · वि.सं. २०३०
नि.नं. 748 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) शंकासम्मको आधारमा सन्धी ठहराउन मिल्ने नदेखिने । उपरोक्त जिल्ला भित्रको झगडा परेको जग्गा मध्ये बीचमा भएको नं.नं.२९ को वान्नोदेखि पूर्वतर्फको जग्गाको हकमा घडेरीहरूसमेत भएको नक्साबाट देखिन्छ प्रतिवादी जिकिर अनुसार सन्धीको जग्गा भए त्यसरी घडेरीसमेत हुनुपर्ने थिएन । नं.नं.२९ को पर्खालदेखि पश्चिमको जग्गा पनि दर्ता भित्रको भए सो जग्गालाई बाहिर पारी सो नं.नं.२९ को वान्नो लगाउनु नपर्ने र जग्गा पनि पानीको आहाल बुटेन बाँझो चौरसमेत भएको देखिएकोले कसो हो भन्ने शंका उठेको हकमा सो नं.नं.२९ को वान्नो देखी पूर्व र पश्चिम तर्फको धेरै जनाका नाममा दर्ता भएको जग्गा हुनाले दर्तावाला मध्येका कसैले आफ्नो भागको जग्गा मलाई मात्र घेरी सो नं.नं.२९ को पर्खाल लगाएको पनि हुन सक्ने कुरा हो आहाल चाहिँ ९१ सालकै दर्खास्तको किल्ला गौंथली आहाल भएको र चौर बुटेनको हकमा दर्ताको भए पनि खर घाँस पाल्न जग्गा आवाद नगरी बाँझो राखेकोबाट त्यस्तो हुन सक्नेसमेत हुँदा ९१ सालमा दर्ता हुँदा दर्खास्तमा लेखाई राखेको ४ किल्लाभित्रै पर्ने नं.नं.४४ को भत्केको घडेरी नं.नं.५१ वान्नो नं.नं.११४।११५।११६ बासको झ्याङ्ग नं.नं.३० भिमप्रसादको घर आवादी पाखोसमेत भएको जग्गालाई उपरोक्त शंकासम्मको आधारमा सन्धी ठहराउन मिल्ने देखिँदैन । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 748 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2030/03/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३०, नि.नं. 748 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
