नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 744 · वि.सं. २०३०

नि.नं. 744 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कस्तोमा ऐनको हदम्याद नाघेपछि नालेस गरेको भन्ने प्रश्न नउठने । प्रतिवादी हिरालालले ०१८।११।२६।६ मा पाएको चलानी पूर्जी कायमै रहिरहेको र निजले जग्गा भोग चलन गर्न पाएकोसमेत भए सो मितिले उपरोक्त जग्गा मिच्नेको २१ जग्गा पजनीको ३४ नं.को म्याद २ बर्षभित्र नालेस उजूर नगरेको भन्ने पनि प्रश्न उठ्न सक्ने थियो तर सो पूर्जी कायमै राखिएको नभई प्रतिवादी हिरालालले चलनी पूर्जी पाएको ५ महिना करिबमै उपरोक्त कमिटीको ०१९।४।२१ को निर्णय अनुसार बदर हुन गई प्रतिवादीले हक भोग गर्न पाउने स्थिति कायमै नरहेकोले सो पूर्जी बदर गराउने सम्बन्धमा बीचमा अरूले नालेस उजूर गर्नु पर्ने आवश्यक नभएको र रिट निवेदनमा ०२२।७।२२।३ मा फुल बेञ्चबाट निर्णय भएपछिमात्र उक्त पूर्जी पुनः कायम हुन आई पछि प्रतिवादी हिरालालले जग्गामा खिचोला उठाएको भनी नयाँ मुलूकी ऐन जग्गा पजनीको १७ जग्गा मिच्नेको १८ नं.को म्यादभित्रै ०२३।४।२०।५ मा वादीको यो नालेस परकै देखिन आएकोसमेत हुँदा यस्तो स्थितिमा ऐनको हदम्याद नाघेपछि नालेस गरेको भन्ने प्रश्न उठ्न सक्ने देखिँदैन । (प्रकरण नं. १०) (२) एकाले पाएको जग्गा नियमपूर्वक जफत नभई दोहरा पर्ने गरी अर्कालाई दिए पाएको कानूनी मान्न नमिल्ने । मगराबाट वादीले राजीनामा गराई लिएको दावीको जग्गासमेत आफ्नो ४९।। विगाहाको पलटभित्र परेकै भन्ने कुरा प्रतिवादीले स्वीकारै गरी राखेकोले पहिले वादीको दर्ता मगराले पाएको जग्गा नियमपूर्वक जफत नभई दोहरा पर्ने गरी प्रतिवादीलाई दिए पाएको कानूनी मान्न नमिल्ने र रिट निवेदनमा भएको ०२२।८।२२।३ को फुल बेञ्चको निर्णयमा अरूले पाइसकेको जग्गा हो त्यसमा मुद्दा पर्ने सम्भावना छ भने त्यस्तो परेमा अदालती निर्णयबाट जग्गामा हक कसको कायम हुन आउँछ उसको हुने छँदैछ भन्ने उल्लेख भएकोबाट हकबेहकमा अदालतमा नालेस गर्न पाउने हक सुरक्षितै रहेकोसमेत हुँदा उपरोक्त उल्लिखित कारणहरूसमेत बाट मगराको राजीनामा बमोजिम वादीको हक भएको दावीको जग्गामा प्रतिवादीले खिचोला गरेको ठहराएको राप्ती दून विकास क्षेत्रको जमीन बिक्री वितरण कमिशनको सदर गरी ०२८।१२।६।१ को डिभिजन बेञ्चले छिनेको इन्साफ मनासिव ठहर्छ, कोर्टफी राखेकोले निवेदक प्रतिवादीलाई अरू सजाय गर्न परेन, नियमबमोजिम मिसिल बुझाई दिनु । (प्र.नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.744
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2030/03/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३०, नि.नं. 744
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्